अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वालिङमा जलवायु उत्थानशील पानी व्यवस्थापन सम्बन्धी गोष्ठी

 
वालिङ, १२ चैत । 
स्याङ्जाको वालिङमा जलवायु उत्थानशील व्यवस्थापन सम्बन्धी गोष्ठी गरिएको छ । नेपाल पानी  सदुपयोग फाउण्डेशन काठमाडौको आयोजनामा वालिङ नगरपालिकामा जलवायु उत्थानशील पानी व्यवस्थापन सम्बन्धी गोष्ठी गरिएको हो ।
सिकाई अभिलेख सार्वजनिकीकरण, विभागीय सबलीकरण प्रयास र सुझाव वा प्रतिक्रिया लिने गोष्ठीको मुख्य उद्देश्य रहेको थियो । फाउण्डेशनले नयाँ गोरेटोका लागि सुझाव लिने अपेक्षाले कार्यक्रमको आयोजना गरेको हो । आयोजकद्वारा आफ्नो अपेक्षा अनुसार नगरपालिकाका जनप्रतिनिधि, योजना शाखा, प्राविधिक शाखा, विपद शाखा, सामाजिक विकास शाखा लगायतको सुझाव एवम् प्रतिक्रिया लिइएको थियो ।
कार्यक्रममा बाटो घाटो लगायत पूर्वाधार विकास, सिमेन्ट  फलामको प्रयोग सहितका आधुनिक आवास निर्माणको कार्यले पानीका मूल संरक्षणमा समस्या ल्याएको र खोलाबाट निर्माण सामग्री निकासी गरिनु तथा पोखरीहरु नहुनु लगायतका कारण पानीका मूल सुक्दै वा दविदै गएको सहभागीहरुले धारणा राखे । पानीका मूल संरक्षणका लागि कतिपय नीतिगत समस्या रहेको र मूल संरक्षणमा फाइदा पु¥याउने रुख बिरुवा लगाउने तर्फ ध्यान नपुग्नु अर्को कारण रहेको उनीहरुको भनाई थियो ।
पानीका मूल संरक्षण र संरचना निर्माण गर्दा अन्तर विषयगत विज्ञ टोलीको सल्लाहमा उपयुक्त ठाउँको छनोट गर्नु, समथर ठाउँमा टोल बासीहरुले प्राविधिकको सहयोगमा उपयुक्त पोखरी निर्माण गर्नु र ठूला पोखरी भन्दा साना पोखरी बनाई भू–क्षय कम गर्ने कार्यमा लाग्नुपर्ने लगायत आयोजकले आफ्नो प्रस्तुति सहित सुझाव राखेका थिए । कार्यक्रमको सहजिकरण फाउण्डेशनका अध्यक्ष ङमिन्द्र दाहालले गरेका थिए ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...