अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

कोट कालिका मन्दिरमा झण्डै १२७ किलोको घण्टी उद्दघाटन

news

 
रेडियो आँधीखोला
वालिङ, १३ चैत । 
स्वरेक कोट कालिका देवि मन्दिरमा झण्डै १२७ किलोग्रामको घण्टी अनावरण गरिएको छ । साविक स्वरेक गाविसबासीहरुको आस्थाको धरोहर कोट कालिका देवि मन्दिरमा दाताहरुको सहयोगमा १२६ किलो ७०० ग्राम र ३० किलो गरी दुई वटा घण्टी र त्रिशुल स्तम्भको संयुक्त रुपमा अनावरण गरिएको हो । घण्टी र त्रिशुल स्तम्भको अनावरण गर्दै गण्डकी प्रदेशका पुर्व मन्त्री सरस्वति अर्यालतिवारीले स्वरेकबासीको आस्थाको केन्द्र कोट कालिका मन्दिरको विकास र मन्दिर सम्म पुग्ने सडक स्तरोन्नतिका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । 
धार्मिक तथा ऐतिहासिक मन्दिरमा थप भौतिक संरचना निर्माण गरी धार्मिक पर्यटकहरुको आर्कषक गन्तव्यको रुपमा विकास गर्न सकिने संभावना भएको मन्दिरमा दाताहरुको सहयोगले मन्दिरलाई थप आर्कषक बनाएको बताउनुभयो । मन्दिरको थप प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सकिने भएकाले अबको सरकारलाई डेलिकेशन जानका लागि आँफू तयार रहेको उहाँले बताउनुभयो । 
मन्दिरमा घण्टी राख्ने अभियानमा कुल २३ लाख ४ हजार २२ रुपैँया संकलन भएको र उक्त रकम मध्ये दुईवटा घण्टी, त्रिशुल स्तम्भका लागी कुल १२ लाख ५६ हजार २३३ रुपैँया खर्च भएको अभियन्ता कमल सेनले बताउनुभयो । बाँकी रकम मन्दिरको कोषमा रहेको उहाँले बताउनुभयो । कार्यक्रम मन्दिर पूजा व्यवस्थापन समितिका अध्यक्ष कृष्ण सेनको अध्यक्षतामा सम्पन्न भएको थियो । घण्टी स्थापना अभियानमा स्वरेक जन्म भएर विभिन्न स्थानमा बसोबास गर्ने, वैदेशिक रोजगारीमा रहेका र यहाँ जन्मघर भएका चेलिहरुले समेत सहयोग गरेका छन् । सहयोगी दाताहरुको नाम शिलालेखमा लेखिएको छ। 
बाईसे चौविसे राज्य भन्दा पहिले स्थापना भएको कोट कालिका देवि मन्दिरमा कालिका, देवि, भैरव, चण्डी र बज्रको पुजाअर्चना गरिन्छ । विषेश गरी ठुलो दशैँ र चैते दशैँका बेला पञ्च पाठा, कुखुराहरुको बलि दिने गरिन्छ । स्व. डिलबहादुर सेनका कान्छा छोरा फ्रान्स आर्मी भरत सेनले कोटमा घण्टी राख्ने इच्छा गर्नुभएकोमा अग्रजहरुसंग सल्लाह गरेर मन्दिरमा घण्टी राख्ने अभियान शुरु भएको थियो । फ्रान्स आर्मीमा कार्यरत भरतले मात्रै घण्टी थाम, कालिका मौला र भैरव मौलाको लागि १ लाख ५८ हजार सहयोग गर्नुभएको छ । 
हाल भीरकोट ५ मा रहेको कोट कालिका मन्दिरमा भीरकोट ५ र वालिङ ११ का स्थानीयले पञ्च बलि दिँदै आएका छन् । मन्दिरमा स्थानीय सेन र खांण ठकुरीका कुमार चेलाहरुबाट पूजा गरिन्छ । परापुर्व कालमा पेखुबाट भैरव देवता उडेर आएको र कोटमा विराजमान भएको किम्वदन्ती छ ।  भीरकोटको बयरघारी बजारदेखि बगरेबजार हुँदैपनि जान सकिन्छ भने वालिङ बजारदेखि भञ्याङ हुँदै र वालिङ ११ भोर्ले हुँदै गडिभञ्याङबाट समेत कोट कालिका मन्दिर पुग्न सकिन्छ । मन्दिर सम्म पुग्नका लागी सडकको स्तरोन्नति तथा कालेपत्र गर्न सकिएमा धार्मिक पर्यटकको केन्द्र बन्ने अपेक्षा स्थानीयको छ । 
 

 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...