अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

पुर्व प्रधानमन्त्री र गृहमन्त्री पक्राउ गरेको विरोधमा स्याङ्जामा पनि प्रर्दशन

 
रेडियो आँधीखोला
वालिङ, १५ चैत । 
पुर्व प्रधानमन्त्री र गृहमन्त्री पक्राउ गरेको विरोधमा स्याङ्जामा पनि प्रर्दशन गरेका छन् । स्याङ्जामा एमालेका जनसंगठनहरुले संयुक्त रुपमा पुर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपि शर्माओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको विरोधमा प्रर्दशन गरेका हुन् । स्याङ्जा सदरमुकाममा आयोजित विरोध कार्यक्रममा वर्तमान सरकारले राजनितिक प्रतिरोध साँधेको भन्दै सहभागिले लोकतन्त्र जिन्दावादको नारा लगाएका थिए । प्रतिशोधपुर्ण राजनिति बन्द गर गर्दै गैह्र कानुनि तवरबाट गरिएको गिरफ्तार रिहाई गर भन्दै प्रर्दशनकारीले विरोद प्रर्दशन गरेका हुन् ।
कार्की आयोग पुर्वाग्रही भएको भन्दै देशको न्यायलय र सर्वोच्च जलाउने योजनाकारलाई समेत तुरुन्त कारबाही गर्न आग्रह गर्दै देशमा आतंक फैलाउनलाई पहिला कारबाही गर्नुपर्ने मुक्ति समाजका केन्द्रिय सदस्य अमृत नेपालीले बताउनुभो  । ५ वर्षको म्यान्ढडेट पाएको सरकारले देशमा सुशासन कायम गरोस भन्ने अपेक्षा रहेकोमा सरकार अहिले प्रतिशोधपुर्ण ढंगबाट अगाडि बढेको उनीहरुको भनाई थियो ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...