अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

अनुमति विना संचालन भईरहेका तालिमहरु रोक्न व्युटिपार्लर एशोसियनद्धारा सम्बन्धीत निकायको ध्यानार्कषण

 
रेडियो आँधीखोला
वालिङ, १६ चैत । 
अनुमति विना सञ्चालन भईरहेका बाह्य व्युटिसियनहरुको तालिम तथा व्यापारिक गतिविधि रोक्न व्युटिपार्लर एशोसियसन स्याङ्जाले यहाँका विभिन्न व्यापारिक संस्थाहरुलाई ध्यानार्कषण पत्र बुझाएको छ । आईतबार वालिङ उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्सलाई ध्यानार्कषण पत्र बुझाईएको एशोसियसनका अध्यक्ष पमिला गुरुङले बताउनुभयो । 
स्याङ्जा भन्दा बाहिरका व्युटिसियनहरुले यहाँ कुनै पनि आधिकारिक अनुमति, दर्ता तथा नियमनको पालना नगरी वालिङमा व्युटिपार्लर सम्बन्धी विभिन्न तालिमहरु संचालन भएको गतिविधिले यहाँ कानुनी रुपमा दर्ता प्रक्रिया पुरा गरी व्युटिसियसनको व्यवसाय संचालन गर्दै आएका व्यवसायीहरु मारमा परेको एशोसियसनल उल्लेख गरेको छ । 
यस किसिमका अवैध तथा अनियन्त्रित गतिविधिहरुले कर छलि, गुणस्तरहीन सामाग्रीको प्रयोग तथा उपभोक्ता अधिकार समेत हनन हुन सक्ने भन्दै यस्ता गतिविधि रोक्न संघ तथा चेम्बरले महत्वपुर्ण भुमिका खेल्ने विश्वास गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । यो विषयलाई प्राथामिकतामा राखि यस्ता अनुमति विनाका कार्य संचालन हुन नदिन सम्बन्धीत निकायको ध्यानार्कषण गराईएको एशोसियनले जनाएको छ भोली वालिङ नगरपालिकामा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको अध्यक्ष गुरुङले बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...