अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

अनुमति बिनाको कार्य रोक्न व्युटिपार्लर एशोसियनद्धारा सम्बन्धीत निकायको ध्यानार्कषण, उद्योग वाणिज्य संघले भन्यो घुम्ती व्यवसाय तथा तालिम गर्दा सम्बन्धीत निकायको अनुमति लिनु

news

 
रेडियो आँधीखोला,
वालिङ १६ चैत्र । 
अनुमति विना सञ्चालन भईरहेका बाह्य व्युटिसियनहरुको तालिम तथा व्यापारिक गतिविधि रोक्न व्युटिपार्लर एशोसियसन स्याङ्जाले यहाँका सम्बन्धीत निकायको ध्यानार्कषण गराएको छ । सोमबार वालिङ नगरपालिकाको कार्यालयमा एशोसियसनले ध्यानार्कषण पत्र बुझाएको हो । यसअघि एशोसियसनले उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्सलाई ध्यानार्कषण पत्र बुझाईएको थियो । 
स्याङ्जा भन्दा बाहिरका व्युटिसियनहरुले यहाँ कुनै पनि आधिकारिक अनुमति, दर्ता तथा नियमनको पालना नगरी वालिङमा व्युटिपार्लर सम्बन्धी विभिन्न तालिमहरु संचालन भएको गतिविधिले यहाँ कानुनी रुपमा दर्ता प्रक्रिया पुरा गरी व्युटिसियसनको व्यवसाय संचालन गर्दै आएका व्यवसायीहरु मारमा परेकोले एशोसियसनले सम्बन्धीत निकायको ध्यानार्कषण गराएको हो । 
यस किसिमका अवैध तथा अनियन्त्रित गतिविधिहरुले कर छलि, गुणस्तरहीन सामाग्रीको प्रयोग तथा उपभोक्ता अधिकार समेत हनन हुन सक्ने भन्दै यस्ता गतिविधि रोक्न एशोसियसनले व्यापारिक संस्था र स्थानीय सरकारको ध्यानार्कषण गराइएको एशोसियसनका अध्यक्ष पमिला गुरुङले बताउनुभयो । 
यसैबीच यता वालिङ उद्योग वाणिज्य संघले घुम्ती व्यवसाय तथा तत्तसम्बन्धी कार्य संचालन गर्दा यहाँका सम्बन्धीत निकायको स्विकृति लिन तथा समन्वय गर्न आग्रह गरेको छ । संघका अध्यक्ष चेतनारायण श्रेष्ठद्धारा जारी विज्ञप्तिमा वालिङ बजार तथा नगरपालिका क्षेत्रमा बाहिरबाट अस्थायी रुपमा आई कुनै व्यक्ति वा संस्थाले व्युर्टिपार्लर, कपडा, खाद्यान्न, तरकारी, फर्निचर जस्ता व्यवसायिक गतिविधि गर्ने, तालिम गोष्ठीहरु गर्नेलगायतका क्रियाकलापले यहाँका स्थानीय व्यापारी व्यवसायीलाई असर परेको उल्लेख छ । 
यस्ता गतिविधिले आधिकारिक रुपमा यहाँ दर्ता गरेर कर तिरेर व्यवासय संचालन गर्दै आएका व्यवसायी तथा व्यापारीहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा नकरात्मक असर गरेको भदै संघले यस्तो आग्रह गरेको हो । विभिन्न समयमा यस्ता विषयमा व्यवसायीहरुले गुनासो गर्दै आएको भन्दै संघले त्यस्ता गतिविधि संचालन गर्नुपुर्व वालिङ नगरपालिका, उद्योग वाणिज्य संघ वा सम्बन्धीत वस्तुगत संस्थाहरुसंग समन्वय गरी आवश्यक स्वीकृति लिएर कर तथा राजस्व तथा कानुनी प्रक्रिया पुरा गरेर मात्र संचालन गर्न संघले आग्रह गरेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...