अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

भीरकोट ८ विद्यार्थीको निशुल्क बीमा, यो अभियान नगरभरी पु¥याईने

news

 
रेडियो आँधीखोला,
वालिङ १६ चैत्र । 
स्याङ्जाको पहिलो बालमैत्री स्थानीय तह भीरकोट नगरपालिकामा विद्यार्थीको बीमा कार्यक्रम शुरु हुने भएको छ ।  भीरकोट नगरपालिका वडा नं. ८ बाट या विद्यार्थी स्वास्थ्य बीमा कार्यक्रम शुरु गर्न लागिएको वडा अध्यक्ष नन्दलाल खनालले बताउनुभयो  । आगामी शैक्षिकसत्र २०८३ देखि वडा भित्रका सम्पूर्ण विद्यार्थीहरूको निशुल्क स्वास्थ्य बीमा गरिने अध्यक्ष खनालले  जानकारी दिनुभयो । अध्यक्ष खनालका अनुसार वडा नं ८ स्थायी ठेगाना भएका र भीरकोटका जुनसुकै विद्यालयमा अध्ययन गरिरहेका सबै विद्यार्थीहरूले  बीमा सुविधा प्राप्त गर्नेछन् । उहाँले भन्नुभयो, æवडामा बालमैत्री वातावरण सिर्जना गर्न हामीले विद्यार्थीका लागि बीमा कार्यक्रम सुरू गर्न लागेका हौं।  दुर्घटना वा बिरामी हुँदा बालबालिकाहरूले सहज रूपमा उपचार सेवा प्राप्त गरून भन्ने उद्देश्यले कार्यक्रम अगाडि सारेका हौं ।Æ वडामा रहेका करिब ६०० जना विद्यार्थीको स्वास्थ्य बिमा गरिने अध्यक्ष खनालले बताउनुभयो । 
वडा अध्यक्ष खनालले शैक्षिक गुणस्तर वृद्धि र बालमैत्री वातावरण सृजना गर्न चालु आर्थिक वर्ष २०८२/८३ मा वडा ले ५ लाख रूपैयाँ विनियोजन गरेको बताउनुभयो । शिखर इन्स्योरेन्ससँगको सहकार्यमा बीमा कार्यक्रम सुरू गर्न लागिएको उहाँले बताउनुभयो । बीमा सुविधा प्राप्त गरेका विद्यार्थीहरूले तोकिएका स्वास्थ्य संस्थामा १ लाख सम्मको उपचार खर्च प्राप्त गर्नेछ्न् । पब्लिक एकेडेमी मा.वि., ढापुकमा आयोजित कार्यक्रममार्फत अध्यक्ष खनालले विद्यार्थीसँग बीमा कार्यक्रम शैक्षिकसत्र २०८३ मा सुरू हुने घोषणा गर्नुभयो । करिव ६ सय जना भीरकोट 
कर्यक्रममा नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले वडा नं ८ ले सुरू गर्न लागेको कार्यक्रमले विद्यार्थीको  स्वास्थ्य सम्बन्धी हक सुनिश्चित गरेको बताउनुभयो । वडाले निकै राम्रो कार्यको शुरुवात गर्ने निर्णय गरेकाले नगरकार्यपालिका बैठकमा यो विषय प्रव्ेश गराई नगरभित्रका ९ वटै वडामा विस्तार गर्न प्रयास गरिने प्रमुख खनालले बताउनुभयो । उहाँले विद्यार्थीहरूलाई आज्ञाकारी र अनुशासित भएर पढ्न र पढाइलाई पहिलो प्राथमिकतामा राख्न अनुरोध गर्नुभएको थियो। उहाँले आगामी शैक्षिकसत्रमा एसईई मा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यालयलाई नगद रू ५० हजारसहित सम्मान गरिने बताउनुभयो ।
æविद्यालयसँग बीमाæ घोषणा कार्यक्रममा  नगर शिक्षा अधिकृत विष्णु बहादुर भट्टराई , पब्लिक एकेडेमी माध्यमिक विद्यालयका प्रधानाध्यापक गीता रोका क्षेत्री, शिक्षक, विद्यार्थी , शिखर इन्स्योरेन्स स्याङ्जाका व्यवस्थापक शंकर सुवेदी र पत्रकार हिमाल न्यौपानेको समेत सहभागिता रहेको थियो।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...