अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

शिक्षा क्षेत्रमा आर्थिक चलखेलको विषय ः आरोपितले मागे माफि

news

 
वालिङ, १७ चैत । 
वालिङ नगरपालिकाको शिक्षा क्षेत्रमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा आएको विषय सहमतिमा टुंगिएको छ । यहाँका शिक्षक अमृत खनालले शिक्षा क्षेत्रमा आर्थिक चलखेल भएकोे भन्दै विभिन्न १० बुँदाहरु फेसबुकमा स्टाटस राख्नुभएको थियो । सामाजिक सञ्जालमार्फत १० बुँदे आरोप सार्वजनिक गर्दै खनालले शिक्षक सरुवा, बढुवा तथा समायोजन प्रक्रियामा आर्थिक अनियमितता भएको दाबी सार्वजनिक भएसँगै वालिङको शिक्षा क्षेत्रमा व्यापक बहस र चासो बढेको थियो ।
तर सोमबार वालिङ नगरपालिकामा आयोजित शिक्षा समिति, जनप्रतिनिधि, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिको संयुक्त छलफलमा खनालले आफ्नो आरोप पुष्टि गर्न कुनै ठोस प्रमाण नभएको भन्दै माफी माग्नुभएको छ । 
नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी प्रसाद रेग्मीले बिना प्रमाण आरोप लगाउने प्रवृत्तिले शिक्षकहरूको चरित्र हत्या हुने भन्दै आपत्ति जनाउनुभयो। त्यस्तै, नेपाल राष्ट्रिय शिक्षक संगठनका नेता याम बहादुर कुँवरले भावनामा बहकिएर सामाजिक सञ्जालमा यस्ता विषय सार्वजनिक गर्नु अनुचित भएको धारणा राख्नुभयो।
वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले यस्ता गतिविधिले नगरपालिकाको छवि नै प्रभावित हुने भन्दै जिम्मेवार अभिव्यक्ति दिन सबैलाई आग्रह गर्नुभयो। खनालको पोस्टले स्याङ्जा जिल्लाभर शिक्षा क्षेत्रलाई तरंगित बनाएको भए पनि सार्वजनिक माफीसँगै विवाद साम्य हुने अपेक्षा गरिएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...