समाचार
वालिङमा जलवायु परिर्वतन सम्बन्धी छलफल
रेडियो आँधीखोला
वालिङ, १८ चैत ।
वालिङमा स्थानीय तहमा जलबायु परिर्वतन सम्बन्धी योजना तथा कार्यान्वयनको लागि अन्तरविषयगत समिति समन्वयात्मक छलफल कार्यक्रम गरिएको छ । नगरपालिका सभाहलमा आयोजित कार्यक्रम आपसी सहयोग केन्द्र नेपालको आयोजना तथा द एशिया फाउण्डेसनको सहयोगमा पालिका स्तरीय अभिमुखीकरण गरिएको हो ।
कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले जलबायु परिर्वतनले मावन जिवनमा प्रत्यक्ष पारेको भन्दै यसको न्युनिकरणमा मानव क्रियाकलापलाई नै परिर्वतन गर्नपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहजकर्ता पुर्णेश्वर सुवेदीले विषेश गरी स्याङ्जाको दुई पालिका गल्याङ र वालिङमा जोखिम रहेकाले आपसी सहयोग केन्द्रले यी दुई पालिकाका सबै वडाहरुमा समुदाय स्तरमा र पालिका स्तरमा सचेतना मुलक कार्यक्रम संचालन गरिएको बताउनुभयो ।