समाचार
रोजगार दाताहरु र सिप परिक्षण उत्तिर्ण व्यक्तिहरु बीच छलफल
रेडियो आँधीखोला
वालिङ, १८ चैत ।
वालिङमा रोजगार दाता र सिप परिक्षण उत्तिर्ण कामदारहरुबीच अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय पोखराको आयोजनामा आयोजित कार्यक्रममा सिप परिक्षण उत्र्तिण भएका व्यक्तिहरुले रोजगारीको अवसर कसरी खोज्ने र रोजगार दाताले कसरी रोजगारी सृजना गरेर सहज रुपमा दक्ष कामदार प्राप्त गर्ने भन्ने विषयमा अभिमुखीकरण गरिएको हो । कार्यक्रममा सिप परिक्षण गरेका व्यक्तिहरु, उद्योग वाणिज्य संघ र वालिङ नगरपालिका रोजगार साखाका प्रमुख तथा कर्मचारीहरुको सहभागिता थियो ।
कार्यक्रममा मन्त्रालयका उपसचिव तोयनाथ लम्साल व्यवसाय प्रर्वद्धन केन्द्र पोखराका नवराज अधिकारी र राष्ट्रिय व्यवसायिक योग्यता प्रणालीपरिोजना प्रदेश संयोजक चन्द्रप्रकाश तिमिल्सिनाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा रोजगारीको अवसर साथै सिप परिक्षणमा प्रदेश सरकारको भूमिका, राष्ट्रिय व्यवसायिक योग्यता प्रणालीको औचित्यलगायतका विषयमा छलफल भएको थियो ।