अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

६९ औं राष्ट्रिय सहकारी दिवसमा वालिङमा प्रभातफेरि

news

 
रेडियो आँधीखोला
वालिङ, २१ चैत । 
स्याङ्जाको वालिङमा ६९ औं राष्ट्रिय सहकारी दिवस मनाईएको छ । ‘उद्यमशिलता र पारदर्शिता – सहकारीको प्राथमिकता’ भन्ने मुल नाराकासाथ राष्ट्रिय सहकारी बैंक वालिङ शाखाको आयोजनामा शुक्रबार वालिङमा प्रभातफेरिको आयोजना गरी मनाईएको हो । उपकार वचत तथा ऋण सहकारी संस्थाको कार्यालय वालिङबाट सुरु भएको प्रभातफेरि तल्लो वालिङ, भुम्रे, भकुण्डे हुँदै पुनः उपकारको कार्यालयमै आएर टुङ्गिएको हो ।
 
वालिङ नगरभित्रका ३० वटा सहकारी संघ संस्थाहरुका सञ्चालक तथा कर्मचारीहरुको सहभागितामा प्रभातफेरि गरिएको हो । प्रभातफेरिपश्चात आयोजित कार्यक्रममा बोल्नुहुँदै राष्ट्रिय सहकारी बैंक वालिङका शाखा समन्वय समितिका पूर्व संयोजक पुण्यप्रसाद अर्यालले सहकारीका सात सिद्धान्तलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । सहकारीमा पछिल्लो समयमा देखिएका विकृति विसंगतिहरुकाकारण नागरिकहरुमा निराशा देखिएकाले यस्ता कार्यहरुको समाधानमा सक्रिय भएर लाग्न पनि आग्रह दिनुभयो ।
 
कार्यक्रममा जिल्ला वचत तथा ऋण सहकारी संघ स्याङ्जाको लेखा समिति संयोजक मुक्तिप्रसाद पाण्डे, जिल्ला सहकारी संघ स्याङ्जाका सदस्य उमेश दर्लामी, उपकार वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष यमकान्त खनाल, ऋद्धिसिद्धी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नेत्रप्रसाद पाण्डे, वालिङ वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खगेन्द्रप्रसाद अर्याल, सहकारी क्लब वालिङका अध्यक्ष शालिकराम पाण्डेलगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
 
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लिमिटेड वालिङका प्रबन्धक रोशन पौडेलले सहकारीमा देखिएका निराशाहरुलाई चिर्न र सहकारी अभियानमा उर्जा थप्ने उद्धेश्यसहित कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । 
 
यसैबीच उता भीरकोट सहकारी संघको आयोजना तथा भीरकोट नगरपालिकाको समन्वय र जिल्ला सहकार स्ांको सहकार्यमा भीरकोटमा पनि ६९औँ सहकारी दिवस मनाईएको छ । नगरपालिकादेखि सिटिहलसम्म प्रभातफेरि सहित अन्र्तक्रिया कार्यक्रम गरी मनाईएको हो । कार्यक्रममा नगरपालिका प्रमुख गोविन्दकुमार कर्माचार्यले सहकारीहरु आफ्नो निति र सिद्धान्तलाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्ने भन्दै सहकारीले नै नागरिकलाई उद्यमशीलतर्फ अगाडि बढ्न अभिपे्ररित गर्ने बताउनुभयो । 
कार्यक्रममा सहकारी अभियानकर्मी छायाराम खनाल, ज्ल्लिा सहकारी संघका सचिव मिनप्रसाद कोईराला, वडा नं. ७ का अध्यक्ष ताराप्रसाद अर्याललगायतले बोल्नुभएको थियो । कार्यक्रम सहकारी संघ भीरकोटका अध्यक्ष तोयनाथ अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन सचिव लेखबहादुर केसीले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...