अहिले तरंगमा

केहि छिनमा

समाचार

अटो चालकलाई गुलाफी ज्याकेट

news

 
रेडियो आँधीखोला
वालिङ, २१ चैत । 
वालिङमा अटो व्यवसायीहरुका लागि गुलाबी रंगको हाप ज्याकेट वितरण गरिएको छ । वालिङमा आधिकारिक रुपमा दर्ता तथा नविकरण भई संचालनमा आएका अटो चालकहरुलाई प्रोत्साहन स्वरुप उक्त ज्याकेट वितरण गरिएको हो । वालिङमा हाल ३ अटो व्यवसायी समितिहरु छन् । उक्त समितिमध्ये एउटा अटो व्यवसायी समिति मात्रै दर्ता भई प्रक्रियागत रुपमा संचालनमा छन भने अन्य २ व्यवसायि समिति दर्ता विना संचालित छन् । 
दर्ता तथा नविकरण प्रक्रियामा ल्याउने, नगरको पहिचान प्रर्वद्धनमा सहयोग पु¥याउने तथा राजस्व संकलनमा बढावा दिन नगरले यो कार्यक्रम ल्याएको हो । यहाँ २०० अटो संचालित छन् । पछिल्लो समय तिनपाङग्रे सवारी अटो छिटो र छरितो सवारी साधनको रुपमा विकसित भएको छ । भित्रि सडक तथा ग्रामिण सडकमा पनि पुग्न सक्ने अटोलाई व्यवस्थित गर्न तथा नगरपालिका अटो व्यवसायीहरुको अभिभावक हो है भन्ने धारणा विकास गर्न नगरपालिकाले यो कार्यक्रम ल्याएको जनाएको छ ।
दर्ता विना संचालित व्यवसायी समितिहरुलाई सकेसम्म एकिकृत गरेर सबैलाई एकै ठाउँमा ल्याउने प्रयास गरिने नभए समितिहरुको गुनासा र भावना सुनेर दर्ता प्रक्रियामा ल्याईने उपप्रमुख कविता तिवारीले बताउनुभयो । वालिङमा बिना दर्ता अटो संचालन भईरहेको तथा मनलाग्दी भाडा लिने गरेको गुनासोहरु आईरहेका बेला नगरपालिकाले यस्तो कदम चालेको हो । यो अभियानले अटो चालकलाई नियमन गर्न सजिलो हुने भाडामा एकरुपता आउने अपेक्षा गरिएको उपप्रमुख तिवारीले बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...