समाचार
वालिङ, १ र २ मा जलबायु परिवर्तन सम्बन्धी अभिमुखीकरण
रेडियो आँधीखोला
वालिङ, २२ चैत ।
स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १ र २ मा जलबायु परिर्वतन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आपसी सहयोग केन्द्र आस्क नेपालको आयोजना तथा नगरपालिकाको समन्वयमा नगरका विभिन्न वडाहरुमा अभिमुखीकरण कार्यक्रम संचालन गरिएको हो । शनिबार वडा नं. १ र २ मा कार्यक्रम गरिएको हो । कार्यक्रममा आपसी सहयोग केन्द्र आस्क नेपालका कार्यक्रम व्यवस्थापक जगतबहादुर शाहीले संस्थाको कार्यक्रमका विषयमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा नगरपालिका प्रशासकिय अधिकृत तथा वन वातावरण विपद व्यस्थापन र सरसफाई साखाका प्रमुख मणिप्रसाद रेग्मीले जलबायु परिर्वतनका कारणले विश्व परेको प्रभाव तथा नेपालमा पर्न गएको असरका बारेमा प्रकाश पार्दै टोल विकास संस्थाका पदाधिकारीहरुले आआफ्ना वडाका नागकिलाई हरितगृह ग्यास उत्सर्जनका कारणले पार्ने प्रभाव मानविय कृयाकलाप तथा सुधार गर्नुपर्ने विषयका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रम वडा नं. १ का अध्यक्ष तथा नगरप्रवक्ता पदमराज गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सचिव बुद्धिसागर पंगेनीले गर्नुभएको थियो । कार्यक्रममा वडाका विभिन्न टोलका टोल विकास संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
यसैबीच वडा नं. २ मा विभिन्न टोल विकास संस्थाका पदाधिकारीहरु तथा प्रतिनिधिहरुका लागी जलबायु परिर्वतनले पार्ने प्रभाव र न्युनिकरणको उपायका बारेमा सहजीकरण गरिएको थियो । कार्यक्रममा सुख्ख याम र लामो खडेरीका कारण हुन सक्ने आगलागीका जोखिम न्युनीकरण गर्न आवश्यक विपद पुर्व तयारीका विषयमा छलफल गरिएको थियो । कार्यक्रम वडा अध्यक्ष पोतप्रसाद लम्सालको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सचिव चेतन अर्यालले गर्नुभएको थियो ।