अहिले तरंगमा

केहि छिनमा

Sajha Khabar

समाचार

युद्ध अन्त्य गर्ने सम्झौताका लागि ट्रम्पद्वारा इरानलाई ४८ घण्टाको समयसीमा

news

 

चैत २२, २०८२, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न वा होर्मुज जलमार्ग खोल्न चेतावनी दिनुभएको छ । 

सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत उहाँले सम्झौताको समय सकिन लागेको र त्यसपछि थप आक्रमणको चेतावनी दिनुभएको छ । यसअघि राष्ट्रपति ट्रम्पले इरानी ऊर्जा संयन्त्रहरूमा १० दिनका लागि आक्रमण रोक्ने घोषणा गर्नुभएको थियो । तर यो बीचमा पनि आक्रमणका घटना रोकिएका छैनन् । 

अमेरिका–इरानबीचको तनाव झन् चर्किँदै गएको छ र अबको ४८ घण्टा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षाका लागि निर्णायक हुन सक्ने अनुमान गरिएको बीबीसीले जनाएको छ । अमेरिका–इजरायल र इरानबीच गएको फेब्रुअरी २८ तारिखयता निरन्तर युद्ध भइरहेको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...