अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

स्याङ्जामा जथाभावी राजमार्गमा पार्किङ गर्न नपाईने

news

 
रेडियो आँधीखोला,
वालिङ २३ चैत्र । 
सिद्धार्थ राजमार्गको स्थित पुतलीबजार नगरपालिका क्षेत्रमा पार्किङ्ग व्यवस्थापन सम्बन्धमा सरोकारवालासंग छलफल भएको छ । जिल्ला प्रहरी कार्यालय, पुतलीबजार नगरपालिका, यातायात शाखा, स्याङजा जिल्ला उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श नागरिक समाज, पत्रकार, यातायात व्यावसायीका प्रतिनिधिहरुको सहभागिता रहेको छलफलले विभिन्न निर्णयहरु गरेको छ ।
पुतलीबजार नगरपालिका क्षेत्रमा कुनै पनि प्रकारका सवारी साधनहरु मुख्य राजमार्गमा पार्किङ्ग गर्न पाईनेछैन् ।  सार्वजानिक भाडाका सवारी साधन -बस, ट्रक, स्कुल बस, ट्रिपर, ट्याक्टर, मिनि बस, माइक्रो बस हाइस, पिकअप भन्दा ठूला सवारी साधन बसपार्कमा पार्किङ्ग गर्न भनिएको छ । 
त्यस्तै पिकअप र पिकअप भन्दा साना भाडाका सार्वजानिक सवारी साधन -ट्याक्सी, अटो रिक्सा) पुतलीबजार नगरपालिका वडा नं. १ को वसपार्कको तल्लो खण्डमा रहेको खुला स्थानमा पार्किङ गर्न निर्देशन दिईएको छ ।  ट्याक्सीको हकमा ट्याक्सी चोकदेखि चापको रुख जाने भित्री बाटो बढीमा २ वटा ट्याक्सी स्टाण्डमा राख्ने अन्यले बसपार्कमा पार्किङ गर्ने, पिकअप वा सो भन्दा ठुला सवारी साधन मुख्य राजमार्गमा सवारी होल्ड गर्न नपाइने प्रहरीले जनाएको छ । 
त्यस्तै यात्रु ओराल्र्र्नेे, चढ्ने गर्नका लागि पुतलीबजार ३ को बाडखोलाचोक, प्रगतिनगर स्थित नगरपालिकाको कार्यालय जाने चोक, घुम्तीचोकको प्रतिक्षालय, ट्याक्सी चोक, राङ्गखोला स्थित बिरुवा चोकमा व्यवस्था गरिएको छ । पुतलीबजार नगरपालिका बाहेक जिल्लास्थित अन्य पालिकामा पर्ने राजमार्गका शहरी क्षेत्र -हेलु, बयरघारी, मिर्दी वालिङ, गल्याङ, राम्दी, फेदीखोला ) को हकमा सवारी साधनको पार्किङ र यात्रु चढ्ने ओराल्ने कार्यका लागि सम्बन्धित पालिकासँग समन्वय गरी जिल्ला ट्राफिक प्रहरी कार्यालयले यकिन गरी जिल्ला प्रशासन कार्यालय स्याङ्जामा पेश गर्ने निर्णय भएको छ । 
त्यस्तै मोटरसाइकल पार्किङ पुतलीबजार नगरपालिकाको भित्री सडकमा गर्ने, मुख्य राजमार्ग तथा भित्र सडकको पेटीमा निर्माण गरिएका अवैध संरचना, निर्माण सामाग्री, फुटपाथ पसल राख्न नपाइने भनिएको छ । यस्ता कार्य २०८३ वैशाख १ गते भित्र हटाउनुपर्ने यसको कार्यान्वयन सम्बन्धित पालिकाको नेतृत्वमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले गर्ने निर्णय भएको छ । फुटपाथमा कुनैपनि सवारी साधन पार्किङ गर्न नपाइने प्रहरीले जनाएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...