अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

ट्होटे पर्वको अवसरमा फेदीखोला गाउँपालिकामा सार्वजनिक बिदा घोषणा

news

 
रेडियो आँधीखोला
वालिङ, २४ चैत । 
स्याङ्जाको फेदीखोला गाउँपालिकाले तमु (गुरुङ) समुदायको प्रमुख सांस्कृतिक पर्व ट्होटेको अवसरमा आज स्थानीय बिदा घोषणा गरेको छ ।गाउँपालिकाद्वारा जारी सूचनाअनुसार आज चैत २४ गते मंगलबार गाउँपालिका अन्तर्गतका सबै कार्यालय तथा विद्यालयहरूमा बिदा दिइएकोे हो ।
तमु (गुरुङ) समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व ट्होटे पर्वको अवसरमा उक्त निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो । साथै सुचनामार्फत गाउँपालिकाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तमु समुदायसहित सबै नेपालीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरिएको छ । गाउँपालिका अध्यक्ष  सुवेदीले यस पर्वले सामाजिक एकता र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...