अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

नेतृत्व तथा क्षमता विकास तालिम

 
रेडियो आँधीखोला
वालिङ, २६ चैत । 
वालिङ नगरपालिका वडा नं. ९ मा नेतृत्व तथा क्षमता विकास तालिम कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना र  गह्रौँकालिका मिडिया प्रालिको सहजीकरणमा ४ दिने तालिम सम्पन्न भएको हो । 
तालिमको समापनका अवसरमा वडा अध्यक्ष अमृत श्रेष्ठले वडामा रहेका आमा समूह तथा महिला समूहहरुको लागि तालिमको आयोजना गरिएको भन्दै तालिमलाई व्यवहारमा उर्तान आग्रह गर्नुभयो । आमा समूह समाज परिर्वतनको आधार भएकाले आमा समूहलाई सक्षम बनाउन सके वडा सक्षम हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो । 
४ दिनसम्म संचालन भएको तालिममा नेतृत्व तथा क्षमता विकास, माईन्युट लेखन, उदघोषणलगायतका विषयमा सहजीकरण गरिएको गह्रौँकालिका मिडियाका अध्यक्ष माधव गैह्रेले बताउनुभयो । तालिम समापन समारोहका अवसरमा वडा सदस्य रमता श्रेष्ठले महिलालाई आर्थिक, सामाजिक तथा राजनितिक रुपमा सक्षम बनाउन आवश्यक रहेको बताउनुभयो । 
तालिमले व्यवहारिक ज्ञान प्रदान गरेको सहभागिले बताएका थिए । ५८ जना सहभागि तालिममा प्रमाण मिडिया गु्रप प्रालिका अध्यक्ष गोपाल जिटि, गह्रौँकालिका मिडियाका अध्यक्ष माधव गैह्रे, गल्याङ एफएमका स्टेशन म्यानेर केपि खनाल र रेडियो आँधीखोलाका समाचार प्रमुख कला रानाले सहजीकरण गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...