समाचार
जिल्ला प्रहरी कार्यालय स्याङ्जा फरार प्रतिवादि तथा चेकजाँचमा थप सक्रिय
रेडियो आँधीखोला
वालिङ, २६ चैत ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहतका ईकाइ कार्यालयहरु प्छिल्लो समय थप सक्रिय भएका छन् । प्रहरीले फरार प्रतिवादी पक्राउदेखि सवारी चेकजाँचलाई कडा बनाएको छ । प्रहरीले आज कर्तव्य ज्यान मुद्धामा फरार व्यक्ति पक्राउ परेका छन् । तत्कालिन वालिङ गाविस वडा नम्वर –०३ सिद्धार्थ राजमार्गमा तत्कालिन वालिङ गाविस –०६ का रन बहादुर सारूलाई कर्तव्य गरी मारेको र कर्तव्य ज्यान मुद्धामा अदालतले दोषी ठहर गरी सँजाय फैसला गरी फरार व्यक्ति पक्राउ परेका हुन ।
२०५३ सालमा सर्वोच्च अदालतको फैसलाले १९ वर्ष ७ महिना २ दिन कैद सँजाय सुनाईएका भीरकोट ०२ भारथान लुवाडाँडाका ६३ वर्षीय हेम ब. के.सी. भन्ने हेम ब. जोगीलाई प्रहरीले १९ वर्षपछि पक्राउ गरेको हो । घटनाको सम्बन्धमा विगतमा तालुक कार्यालय र जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट समेत खटिएको प्रहरी टोलीले केसीलाई पटक–पटक सोधपुछ गर्दा निजले आफू उक्त घटनामा संलग्न नरहेको बताएका थिए ।
तर, जिल्ला प्रहरी कार्यालय स्याङ्जाले तालुक कार्यालयहरूको समन्वय तथा सहयोगमा विभिन्न वैज्ञानिक परीक्षण तथा अनुसन्धानका विधिहरू प्रयोग गरी सूक्ष्म अनुसन्धान गर्दा उक्त घटनामा निजको संलग्नता प्रमाणित हुन आएको हो ।
अनुसन्धानका क्रममा निजले कर्तव्य गरी हत्या गरी कानूनी कारवाहीबाट बच्ने मनासायले गाडीले किचेको जस्तो देखाउन खोजी सवारी दुर्घटनाको स्वरूप दिने प्रयास गरेको खुल्न आएको छ । साथै आफ्नो वास्तविक पहिचान लुकाउन नागरिकतामा फरक थर प्रयोग गरेको तथ्य समेत अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी दहथुमबाट खटिएको विशेष अप्रेसन टोलीले केसीलाई पपक्राउ गरी कैद भुक्तानको जिल्ला अदालतले जिल्ला कारागार स्याङ्जा चलान भएको गरेको छ ।
त्यस्तै वालिङ नगरपालिका वडा नं. १० भकुण्डेचोकबाट २ युवक लागू औषध सहित पक्राउ परेका हुन् भने गाँजा जस्तो देखिने वस्तु सहित स्याङ्जाबाट २ युवक पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी गस्ती टोलीले संकास्पद रूपमा हिडीरहेको पुतलीबजार –१३ का १८ वर्षीय आशिष वि.क. र वडा नम्वर ११ का १८ वर्षीय अग्निज गुरुङलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट बुफ्रेन, फेनेरागन, डाईजेपाम इन्जेक्सन ७ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुले बोकेको झोलामा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणमा लागूऔषध फेला पारिएको प्रहरीले जनाएको छ । उनीहरुलाई लागू औषध मुद्दामा जिल्ला अदालतबाट दिन ७ (सात) म्याद थप अनुमति लिई थप अनुसन्धान तथा कानूनी कारवाही प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
उता पुतलीबजार ०३ बाडखोलामा संकास्पद रूपमा हिंडीरहेको दुई युवकलाई चेकजाँच गर्दा ( गाँजा जस्तो देखिने वस्तु) फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका १२ घर भई हाल बाडखोला बस्ने २१ वर्षीय सुनिल बि.क. र नुवाकोट घर भई हाल बाडखोला बस्ने २३ वर्षीय उत्तम ढुङ्गाना रहेका छन् । उनीहरको साथबाटलागूऔषध गाँजा जस्तो देखिने वस्तु १२० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।