अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Aandhikhola Khabar

समाचार

बिनाविलका अवैध सामान बरामद

news

 
रेडियो आँधीखोला
वालिङ, २७ चैत । 
अवैध सामानहरु प्रहरीले नियन्त्रणमा लिएको छ  । गल्याङ नगरपालिका वडा नम्वर–०१ राम्दी स्थित सिद्धार्थ राजमार्गमा अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरू चेकजाँच गर्ने क्रममा भैरहवाबाट पोखरा जाँदै गरेको ग. १ क. ४५३९ नम्बरको मिनि ट्रकमा बिनाविलका सामानहरु बरामद गरेको हो । 
अन्दाजी मूल्य (एक लाख पाँचसय पैसठी) रुपैँयाको सामानहरु फेला पारी बरामद गरी थप अनुसन्धान तथा कानूनी कारवाही प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 
३ हजार पिस बिष्कुट, स्नुकर मिठाई २६४ पिस, बिष्कुट ८४० पिस, डेरि मिल्क मिठाई १८० पिस बरामद गरेको प्रहरीले जनाएको छ। 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...