अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Aandhikhola Khabar

समाचार

प्रथम एक्स्पो शुरु

news

 
रेडियो आँधीखोला
वालिङ, २७ चैत । 
नयाँ वर्ष २०८३ को अवसरमा प्रथम वालिङ एक्स्पो शुरु भएको छ । नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै ओँमकार ईभेन्ट हबले एक्स्पोको आयोजना गरेको हो । वालिङ खेलमैदानमा बिहीबारदेखि शुरु भएको एक्स्पोको उद्दघाटन वालिङ नगरप्रमुख कृष्ण खांणले गर्नुभएको हो । उद्दघाटनका अवसरमा पण्डित तथा बुटकहरुले सामुहिक रुपमा स्वस्थी वाचन समेत गरेका थिए । एक्स्पोको उद्दघाटन गर्दै नगरप्रमुख खांणले स्थानीय स्तरमा हुने मेला महोत्सवले यहाँको आर्थिक चलायमान हुने बताउनुभयो । 
नेपाली नयाँ वर्षलाई पर्वको रुपमा मनाउँदै यहाँको धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसार गर्दै प्रतिभा प्रष्फुटन गर्ने मञ्चको रुपमा यस्ता मेला महोत्सव विकास भएको उहाँले बताउनुभयो । पश्चिमा चलनलाई पछ्याउने टेन्ड चलिरहेका बेला नेपाली नयाँ वर्षलाई पनि स्थानीय स्तरमा मनाउने परम्पराको विकास युवाहरुले गरेको भन्दै यो सकरात्मक अभियान रहेको प्रमुख खांणले बताउनुभयो । 
कार्यक्रममा समाजसेव डोलराज शर्मा, नेपाली कांगे्रसका नगर सभापति नेत्रप्रसाद पाण्डे, नेकपा एमालेका नगर अध्यक्ष शोभाकान्त पौडेल, नेपाली कम्युनिष्ट पार्टीका नगर अध्यक्ष भक्त गोतामेलगायतले बोल्नुभएको थियो । 
कार्यक्रम एक्स्पोको अध्यक्ष विजय मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत दिपछिरिङ गुरुङ र संचालन प्रबन्धक नवराज पौडेलले गर्नुभएको थियो । 
एक्स्पोमा हरेक दिन ख्याति प्राप्त कलाकारहरुले विषेश प्रस्तुति दिनेछन् भने साँझ हरेक दिन लाईभ कन्र्सट हुनेछ । अहिले आस्था राउत तथा उहाँको समूहको लाईभ कन्र्सट हुँदैछ । एक हप्तासम्म चल्ने एक्स्पोमा लोकदोहोरी विधातर्फ राष्ट्रिय कलाकारहरु पशुपति शर्मा, रामजी खांण, खुमन अधिकारी, शिव हमाल, घनश्याम रिजाल, श्याम राना, राजु गुरुङ, अर्जुन सापकोटा, माया गुरुङ, शंकर विरही गुरुङ, राजन कार्की, शिव शर्मा दिपेनद्र केसी, एन्जिला गुरुङलगायतका कलाकारहरुले फरक फरक दिन आफ्नो प्रस्तुति राख्नेछन् । त्यस्तै हरेक दिन स्याडोज व्याण्ड, एमटि एट एट फोर एट, अभया एण्ड स्टिम इन्जुन्स, फिरन्ते, तिर्सना गुरुङ तथा उहाँको  समुहले हरेक दिन पालैपालो लाईभ कन्र्सट गर्दैछन् । 
एक्स्पोमा यहाँका धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरुको वृत्तचित्र समेत प्रस्तुत गरिँदैछ भने लागू औषध सम्बन्धी सचेतना कार्यक्रम समेत संचालन गरिने आयोजकले जनाएका छन् । 
एक्स्पोका संयोजक तथा इभेन्ट हबका अध्यक्ष विजय मल्लले नयाँ वर्षमा गरिएको यो मेलाले यहाँका धार्मिक तथा ऐतिहासिक महत्वलाई प्रचारप्रसार गर्दै नेपाली नयाँ वर्षलाई उत्सवका रुपमा मनाउने परिपाटीको विकास गर्ने प्रयास गरिएकोे बताउनुभयो । एक्स्पोमा स्थानीय होटल व्यवसायीलाई ३० प्रतिशत छुट दिइएको छ भने ३० वटा स्टल कृषि र उद्यमीलाई निशुल्क स्टल उपलब्ध गराईएको छ । 
१५० वटा स्टल रहेको एक्स्पोमा चैत्र ३० गते राति १ बजेसम्म सांगितिक कार्यक्रम सहित नयाँ वर्ष २०८३ लाई स्वागत गरिने अनुमति प्रशासनबाट लिईएको प्रबन्धक नवराज पौडेलले बताउनुभयो । नयाँ वर्ष स्वागतका दिन आतिस बाजी प्रर्दशन गरिनेछ भने ओँम लेखिएको दृष्य आकासमा देख्न सकिने आयोजकले जनाएका छन् ।  
एक्स्पोमा मौलिक खाना, कृषि तथा ताजा तरकारी प्रर्दशन, हस्तकला प्रर्दशनी,सूचना प्रविधि तथा शैक्षिक सामाग्री प्रर्दशनी गरिनेछ भने टिकटक प्रतियोगिता समेत रहनेछ । मेलामा प्रवेश शुल्क १०० विद्यार्थीका लागी ७० र बेलुका हुने कन्र्सटको लागी ३०० शुल्क तोकिएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...