समाचार
एक्स्पोमा साहित्यीक उत्सव
वालिङ, १ बैशाख ।
वालिङमा जारी ओमकार एक्स्पोमा सोमबार वालिङ साहित्य उत्सव २०८२ सम्पन्न भएको हो । ओमकार इभेन्टको आयोजनामा जारी एक्स्पोमा भेषजराज साहित्य प्रतिष्ठान वालिङले आफ्नो ९५औँ रचना वाचन शृंखला, उपन्यास विमोचन सहित साहित्य उत्सव मनाएको हो । कला, संस्कृतिको संरक्षण सहित मनोरञ्जान लिने साझा मञ्च सोमबार साहित्यमय बन्यो । नयाँ वर्ष २०८३ लाई स्वागत तथा २०८२ को समिक्षा गर्दै प्रतिष्ठानले एक्स्पोमा साहित्य उत्सव मनाएको हो । कार्यक्रममा मधुसुदन लम्सालद्धारा लिखित प्रयोगशील उपन्यास काबेरीको विमोचन गरिएको हो ।
कार्यक्रममा आनन्दमणि टुल्की चन्दकला स्मृति प्रतिष्ठानका संरक्षक साहित्यकार त्रिलोचन ढकालले ओमकार इभेन्टले साह्त्यिको लागि मञ्च प्रदान गरी साहित्यको संरक्षण तथा संर्वद्धनका लागि खेलेको भुमिकाप्रति धन्यवाद व्यक्त गर्नुभयो । साहित्य एक कला भएको भन्दै जुन कलाको माध्यमबाट सभ्य समाज निर्माणमा महत्वपुर्ण भुमिका खेल्र्दै आएको बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार विश्वप्रेम अधिकारी, साहित्यकार अनन्त अर्याल, धु्रवशर्मा पंगेनी, शान्ता थापा, धु्रवराज उपाध्याय, कमला अधिकारी, हरि पंगेनी, डोराज सुवेदी, कमल बगाले, विष्णु पंगेनी पाण्डे, लिलाम्बर ढुंगाना, दमकुमारी बगालेलगायत झण्डै दुई दर्जन साहित्यकारहरुले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो । प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालले सकिँदै गरेको वर्षको समिक्षा र नयाँ आउँदै गरेको वर्षलाई साहित्यीक माध्यमबाट स्वागत गरिएको बताउनुभयो । कार्यक्रम अध्यक्ष खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत लेखनाथ काफ्ले र संचालन सचिव श्यामप्रसाद ढुंगानाले गर्नुभएको थियो ।
यसैबीच नयाँ वर्ष २०८३लाई एक्स्पोमै स्वागत गरिएको छ । विभिन्न सांस्कृतिक कार्यक्रम तथा आतिसबाजी सहित गएराति १२ बजे नयाँवर्ष २०८३लाई एक्स्पोमा स्वागत गरिएको हो ।