अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

छायाँक्षेत्र मन्दिरमा १ दाख ३९ हजार ९८३ रुपैँया भेटि संकलन

 
रेडियो आँधीखोला
वालिङ, २ बैशाख । 
नयाँ वर्षको अवसरमा प्रसिद्ध मन्दिर छायाँक्षेत्र मन्दिरमा १ लाख ३९ हजार ९८३ रुपैँया भेटि संकलन भएको छ । नयाँ वर्ष तथा वैसाखे सक्रान्तीको अवसरमा विहान साढे ३ बजेदेखि नै मन्दिरमा दर्शन तथा पुजापाठका लागि भक्तजनहरु पुगेका थिए । 
मन्दिरमा स्टल भाडाबाट ९ हजार ८५०, सहयोग रसिदबाट २४ हजार ४३३, दानपेटिकाबाट ४३ हजार ३००, भजन तथा मुल मन्दिरबाट ६२ हजार ४०० गरी १ लाख ३९ हजार ९८३ रुपैँया भेटि संकलन भएको मन्दिर व्यवस्थापन समितिका सहसचिव तथा आर्थिक संकलन समिति संयोजक शोभाकान्त पौडेलले बताउनुभयो । 
यसअघिको नयाँ वर्षभन्दा यो वर्षमा भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको पौडलले बताउनुभयो । मन्दिरमा थप भौतिक संरचना निर्माण हुनु, राजमार्ग नजिकै रहेका कारण र मन्दिरप्रति भक्तजनहरुको आस्था बढेका कारण भक्तजनहरुको संख्या उल्लेख्य रुपमा वृद्धि भएको हो । 
यसरी विभिन्न पर्व विषेशबाट संकलित भेटि तथा रकमले मन्दिर व्यवस्थापन र मन्दिर परिसरमा भौतिक निर्माणमा खर्च गरिँदै आईएको छ । यहाँ विषेश गरी महाशिवरात्री, बैशाख संक्रान्ति, साउन संक्रान्ति, हरिसयनी एकादशी, साउनको सोमबार, तिज, श्रीकृष्णअष्टमी, माघे संक्रान्ति, हरिबोधनी एकादशी, बालाचर्तुदशी, माता तीर्थऔँशी, प्रत्येक एकादशी, ग्रहण नुहाउने लगायत विभिन्न पर्वहरुमा भक्तजनको विशेष सहभागिता रहने गर्दछ ।
छाँयाक्षेत्र मन्दिरको महिमा श्री स्वस्थानी ब्रत कथामा समेत उल्लेख गरिएको छ । श्रीस्वस्थानी व्रत कथामा भनिए अनुसार भगवान शिवले पहिलो बिबाह गरेका सतिदेवीको स्वर्गारोहण भएपछि अर्ध पागलको रुपमा सतीदेवीको मृत शरिर लिएर हिड्ने क्रममा गलेको शरिरको अन्तिम अंग खसेको धार्मिक विश्वासका साथ छायाँक्षेत्र मन्दिरमा स्याङ्जा, पर्वत, पाल्पा, गुल्मी लगायत टाढाटाढाबाट पनि मन्दिर दर्शनका लागी आउने गरेका छन ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...