समाचार
चापाकोटमा बैसाख ४ गतेबाट भर्ना अभियान शुरु हुँदै
रेडियो आँधीखोला
वालिङ, ३ बैशाख ।
स्याङ्जाको चापाकोट नगरपालिका अन्र्तगत रहेका विद्यालयहरुमा बैसाख ४ गतेबाट भर्ना अभियान शुरु हुने भएको छ । नगरपालिकाको आज बसेको नगर शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै बैसाख १४ गतेबाट नियमित पठनपाठन संचनलन गर्न गराउन विद्यालयहरुलाई आग्रह गरेको छ । सरकारले भने बैसाख १५गतेबाट भर्ना र बैसाख २१ ग्तेबाट पठनपाठन गर्ने निर्णय गरेको थियो ।
नेपालको संविधान तथा प्रचलित कानुन अनुसार आधारभुत तथा माध्यमिक तह सम्मको शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय सरकारको भएकाले नगरपालिकाले यस्तो निर्णय गरेको हो । यसअघि यहाँको पेmँदिखोला गाउँपालिकाले हिजोबाट विद्यार्थी भर्ना अभियान शुरु गरेको छ । गाउँपालिकाले बैसाख ९ गतेबाट विद्यालयमा पठनपाठन शुरु गर्ने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार हिजोबाट विदार्थी भर्ना अभियान शुरु भएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो ।