अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

वालिङमा जारी एक्स्पो ५ गतेसम्म थपियो

news

 
रेडियो आँधीखोला
वालिङ, ३ बैशाख । 
वालिङमा जारी पहिलो एक्स्पो बैसाख ५ गतेसम्म संचालन हुने भएको छ । ओमकार इभेन्ट हबको आयोजनामा जारी एक्स्पो गत चैत्र २६ गतेबाट शुरु भएको हो । नयाँवर्ष लक्षित एक्स्पोमा हरेक दिन लाईभ कन्र्सट भईरहेको छ । दर्शकहरुको साथ,सहभागिता तथा मागको आधारमा एक्स्पो ३ दिन थप गरिएको हो । यसअघि बैसाख २ गतेसम्म संचालन गर्ने समय निर्धारण गरिएको थियो । 
यो ३ दिनको अवधिमा एक्स्पोलाई थप प्रभावकारी बनाईने आयोजक इभेन्ट हबका प्रबन्धक नवराज पौडेलले बताउनुभयो । नेपाली नयाँ वर्षलाई उत्सवको रुपमा मनाउने तथा स्थानीय धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने उद्देश्यले एक्स्पोको आयोजना गरिएको हो । प्रबन्धक पौडेलले भन्नुभयो, “नेपाली नयाँ वर्षलाई स्याङ्जामै मनाउने वातावरण हामीले सृजना गरेका हौँ । नयाँ वर्ष मनाउन पोखरा जाने मासिनहरु यो पटक वालिङमै नयाँ वर्ष मनाएका छन् ।”
एक्स्पोमा हरेक दिन ख्याति प्राप्त कलाकारहरुले विषेश प्रस्तुति प्रस्तुत गरेका छन् भने साँझ हरेक दिन लाईभ कन्र्सट संचालन गरिएको छ । एक्स्पोमा मौलिक खाना, हस्तकला प्रर्दशनी, बालउद्यान  रहेका छन् । आज रामजी खाँण, नेत्र गुरुङ, चिना थापा, रोसन विसी लगायतका कलाकारको प्रस्तुति रहनेछ भने । संजिव सिंह रानाको प्रस्तुति रहनेछ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...