समाचार
स्याङ्जाली ठकुरी समाज गठन, अध्यक्षमा सोमबहादुर ठकुरी
रेडियो आँधीखोला,
वालिङ ४ बैसाख ।
स्याङ्जाबाट रुपन्देही जिल्लामा बसोबास गर्दै आएका ठकुरीहरु गोलबद्ध भएका छन् । नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान गर्दै ठकुरीहरुको भेलाले स्याङ्जाली ठकुरी सम्पर्क समाज गठन गरेको हो । समाजको अध्यक्षमा खोमबहादुर सिंह ठकुरी -देवदह), उपाध्यक्षमा कमल सेन -ड्राईभर टोल), महिला उपाध्यक्षमा शीला मल्ल -देवदह), सचिवमा धनबहादुर खांण -बुटवल), कोषाध्यक्षमा मिनबहादुर शाही -बुटवल) सदस्यहरुमा गोविन्द सिंह -ड्राईभर टोल), रेनबहादुर सेन -भैरहवा), देवबहादुर शाही -बुटवल), सुरज सेन -मंगलापुर), दानबहादुर सिंह -खैरेनी) रहनुभएको छ । स्याङ्जा जन्मभुमि भएर रुपन्देही जिल्लाका विभिन्न स्थानमा छरिएर रहेका ठकुरीहरुलाई एकतावद्ध गरी ठकुरी संस्कार, परम्परा र संस्कृतिलाई जिवन्त राख्न समाजले महत्वपुर्ण भुमिका खेल्ने समाजले जनाएको छ । साथै समाजका मानिसहरुलाई समस्या पर्दा समाजले सहजीकरण गर्नेछ ।