समाचार
शान्ती सुरक्षा कायम गर्न प्रहरी सक्रिय बन्दै
रेडियो आँधीखोला,
वालिङ ४ बैसाख ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अपाराध न्युनिकरण गरी शान्ती सुरक्षा कायम गर्न थप सक्रिय बन्दै गएको छ । अपराध नियन्त्रणका लागि रात्रीकालिन समयमा थप सुरक्षाकर्मी परिचान गरेको जनाएको छ । सरकारी कायालयहरुमा विचौलिया मुक्त बनाउन विषेश अभियान संचालन गर्दै दुर्घटना न्युनिकरण गर्न लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनेलाई कारबाही गर्दै आएको छ । प्रहरीले समय समयमा लापसे चेकजाँच गर्दै आएको छ भने लागू औषध प्रयोग, अवैध मदिरा विक्रि वितरण, जवातास, घरेलु हिंसाको न्युनिकरणका लागि प्रहरी सक्रिय बन्दै गएको हो ।
समुदाय स्तरमा गई प्रहरीले सचेतनामुलक कार्यक्रम गर्दै आएको छ भने स्थानीय टोल विकास संस्था, आमा समूह, युवा क्लबहरुसंग समन्वय गरी कार्यक्रम गरेको जनाएको छ। ऋपराधसंग सम्बन्धीत व्यक्तिको ३ पुस्ते विवरण तथा अभिलेखिकरण गर्ने, अपराधको तथ्यांक तथा विष्लेषण गरी प्रहरीलाई परिचालन गरिएको प्रहरीले जनाएको छ । अपराध बढि भएको क्षेत्र र स्थानहरुमा व्यक्तिको पहिचान गरी पैदल, मोटरसाईकल तथा मोबाईल गस्ती गरिएको प्रहरीले जनाएको छ । उजुरी, दर्ता, अनुसन्धान प्रक्रियालाई छिटो छरितो बनाउने र पिडितमैत्रि वातावरण सृजना गर्न प्रहरी लागि परेको छ ।
प्रहरीले गत चैत्र महिनामा मात्रै पिकेट चेकिङ, ग्रामिण गस्ती, एलआरपि, एसआरपि जस्ता चेकिङहरु १ हजार ६७६ पटक गरेको छ । प्रहरीले उक्त महिनामा १ हजार २७० वटा सवारीलाई कारबाही गरी १० लाख ८० हजार ५०० राजस्व संकलन गरेको छ । मापसे गरी सवारी चलाएको, तिव्र गतिमा सवारी चलाउने, चालक अनुमति पत्र लाईसेन्स विना सवारी चलाएका चालक कारबाहीमा परेका छन् । गत महिनामा प्रहरीे भन्सार तथा राजस्व छलि गरी ल्याएका १ लाख ३७ हजार ६५ रुपैँयाको सामान बरामद गरेको थियो । अवैध रुपमा प्राकृतिक सम्पदा दोहन गर्ने ३९ वटा ट्याक्टर तथा जेसिवि कारबाहीमा पर्दा ३ लाख ६३ हजार जरिवाना असूल गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले विद्याल र समुदायस्तरमा साईबर अपराध, बालविवाह, अभद्र व्यवहार, जुवातास, सडक सुरक्षा, जातिय भेदभाव, महिला हिंसा, चोरी, लैंगिक हिंसा, बालयौन दुव्र्यवहार, जबरजस्ती करणी, जेष्ठ नागरिक, मानव बेचविखन, लागू औषध, डढेलो, कुप्रथालगायतका विषयमा ९३ वटा कार्यक्रम मार्फत १ हजार ७०२ जना मानिसलाई सचेतनामुलक कार्यक्रम प्रदान गरेको छ ।