अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Songs & Add

समाचार

स्याङ्जाको विरुवा गाउँपालिकामा बैसाख ७ गतेबाट भर्ना १० गतेबाट पठनपाठन हुने

news

 
रेडियो आँधीखोला,
वालिङ ४ बैसाख । 
स्याङ्जाको विरुवा गाउँपालिकामा यहि बैसाख १० गतेबाट पठन पाठन शुरु हुने भएको छ । केन्द्र सरकारले यहि बैसाख १५ गतेबाट भर्ना अभियान र बैसाख २१ ग्तेबाट कक्षा संचालन गर्न परिपत्र गरेको थियो । तर यहाँका विरुवा सहित ३ पालिकाले आफ्नो एकल अधिकारको प्रयोग गर्दै केन्द्र सरकारले तोकेको समय अगावै भर्ना अभियान र पठन पाठन सुचारु गर्ने निर्णय गरेका हुन् । 
विरुवा गाँउकार्यपालिकाको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । पालिकाका सबै शैक्षिक संस्थाहरुमा बैसाख ७ देखि ९ गतेसम्म भर्ना अभियान संचालन गर्ने र बैसाख १० गतेबाट पठनपाठन शुरु गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष सुर्यबहादुर कुँवरले बताउनुभयो । 
 
पेट्रोलियम पदार्थको अत्याधि मुल्य वृद्धिको कारण केन्द्र सरकारले यस्तो निर्णय गरेको हुन सक्ने भन्दै तर विरुवा गाउँपालिका भने पुरै ग्रामिण भेग रहेको हुँदा विद्यार्थी पैदल नै विद्यालय आवातजावात गर्ने भएकाले यस्तो निर्णय गरेको पालिकाले जनाएको छ । यसअघि यहाँको फेँदिखोला गाउँपालिका र चापाकोट नगरपालिकाले आफ्नो एकल अधिकार प्रयोग गरेर केन्द्र सरकारले तोकेको मिति अगावै भर्ना अभियान र कक्षा संचालन गर्ने निर्णय गरेका थिए ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...