समाचार
दुर्घटनामा घाईते भएका डिस्चार्ज
रेडियो आँधीखोला
वालिङ, ७ बैशाख ।
राङकोषमा हिजो बिहान भएको सडक दुर्घटनामा घाईते भएका सबै डिस्चार्ज भएका छन् । विहान साढे ८ बजे पुतलीबजार ४ राङकोष स्थित सिद्धार्थ राजमार्गमा पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग. १ ख. ९५६३ नम्वरको बस अनियन्त्रित भई सडकको दायाँ साईडमा पल्टिँदा दुर्घटना भएको थियो । दुर्घटनामा घाईते भएका बस चालक पुतलीबजार ११ करेनडाँडाका ४५ वर्षीय राजु कुमार बि.सी, पर्वतको फलेबास ८ थानामौला का ५५ वर्षीय रत्न कुवंर र लम्जुङका सन्तोष घिमिरेको छोरा बर्ष ७ को अनुप घिमिरे सामान्य उपचार पछि डिस्चार्ज हुनुभएको हो । बसमा सवार अन्य यात्रु भने सकुशल नै रहेका थिए । प्रहरीले ति यात्रुलई अर्को बसको व्यवस्थापन गरी गन्तव्यमा पठाएको थियो ।