अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

स्याङ्जामा सबै उम्मेदवारले बुझाए चुनावी खर्च विवरण

news

 
वालिङ, ७ बैशाख । 
स्याङ्जामा गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका सबै उम्मेदवारले आफ्नो निर्वाचन खर्च विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन् । प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा क्षेत्र नम्बर १ मा ११ दल र एक स्वतन्त्र तथा क्षेत्र नम्बर २ मा १० दल र दुई स्वतन्त्रसहित दुवै क्षेत्रमा १२÷१२ जना उम्मेदवार चुनावी मैदानमा थिए । निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र खर्च विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था अनुसार सबै २४ जनाले समयमै विवरण पेश गरेका हुन् ।
जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका अनुसार क्षेत्र नम्बर १ को अन्तिम मत परिणाम फागुन २३ गते र क्षेत्र नम्बर २ को फागुन २४ गते घोषणा गरिएको थियो । उम्मेदवारहरूले कार्यालयमा खर्च विवरण बुझाउनुका साथै केहीले सामाजिक सञ्जालमार्फत पनि सार्वजनिक गरेका छन् ।
उम्मेदवारहरूले मनोनयन दर्ता, मतदाता नामावली छपाइ, फोटोकपी, प्रचारप्रसार, मतदाता प्रशिक्षण, सम्पर्क कार्यालय सञ्चालन, स्टेशनरी तथा सञ्चारलगायत शीर्षकमा खर्च गरेको उल्लेख गरेका छन् ।
क्षेत्र नम्बर १ मा सबैभन्दा बढी नेपाली कांग्रेसका भरतराज ढकालले २७ लाख ९ हजार ६६ रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् । सबैभन्दा कम नेशनल रिपब्लिक नेपालका अर्जुनकुमार गुरुङले ९ हजार ९ सय ३१ रुपैयाँ खर्च देखाएका छन् । जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार सबै उम्मेदवारले कानुनअनुसार तोकिएको समयभित्र खर्च विवरण बुझाएकाले प्रक्रिया पूर्ण भएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...