अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

बालबालिकाले ज्येष्ठ नागरिकबाट सिके सारङ्गी बजाउन

news

 
रेडियो आँधीखोला
वालिङ, ९ बैशाख । 
सूचना मूलक सन्देशहरु गायर गाउँघरमा सुमधुर सारङ्गीको धुन बज्ने दृश्य गाउँघरमा अहिले कमै मात्र देख्न पाइन्छ । अझ नयाँ पुस्ताले यसप्रति चासो दिन छाडेपछि अहिले गाउँघरमा सारङ्गी बाजा बज्न छाडेको हो ।  नयाँ शैक्षिकसत्रको पढाइ सुरु नभएको हुदाँ घर मै रहनु भएकी स्याङ्जा उच्च मावि कक्षा ७ मा पढ्ने जिवीका परियारले जेष्ठ नागरिकबाट नेपाली मौलिक साङ्गीतिक बाजा सारङ्गी बजाउने सीप सिक्नुभएको छ । 
यस्तै त्रिभुवन आदर्श माविका छात्र सुसान्त गन्धर्वले लोप हुदै गएको आफ्नै मौलिक पेशा र बाजाको रुपमा रहेको सारङ्गी सिक्न पाउँदा भविष्यमा आफू सङ्गीतको कलाकार बन्ने इच्छामा थप सहयोग पुग्ने बताउनुभयो । जिवीका र सुसान्त जस्तै सधैँ कापी कलम लिएर विद्यालय जाने यहाँका २० जना बालबालिकाहरुले शैक्षिक सत्रको पढाइ सुरु हुनुभन्दा अगाडिको विदाको समयमा  सारङ्गी लिएर यसबाट  संगीत निकाल्ने सीप सिकेका छन् । 
गण्डकी प्रदेश सरकारको एकीकृत सेवा कार्यालय स्याङ्जाले पुतलीबजार–१३ लामपाटामा आयोजना गरिएको १० दिने ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप र अनुभवनको अन्तरपुस्ता हस्तान्तरण कार्यक्रममा जेष्ठ नागरिकहरुले बालबालिकालाई सारङ्गी बजाउने सीप हस्तान्तरण गर्न थालिएको हो । 
एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले गन्धर्व जातीको मौलिक बाजा सारङ्गी नेपाली संस्कृति र परम्पराको अमूल्य सम्पत्ति भएकाले यसको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरण सँगै सारङ्गीको संगीतले बालबालिकामा सृजनशीलता, धैर्यता र एकाग्रतासँगै भावनात्मक विकासमा पनि सकारात्मक प्रभाव पारेर संवेदनशील र जिम्मेवार नागरिक बनाउन सहयोग गर्ने बताउनुभयो । 
प्रशिक्षक सुर्यमान गन्धर्वले सारङ्गी बजाउने सीप बालबालिकामा हस्तान्तरण गर्नु केवल कला सिकाउनु मात्र होइन, यो हाम्रो संस्कृति, पहिचान र मूल्यहरूलाई जोगाउने महत्वपूर्ण कार्य भएको बताउदैँ सिकेको सिपलाई निरन्तरतासँगै जीवनउपयोगी बनाउन बालबालिकाहरुलाई सुझाव दिनुभयो ।
पुतली बजार नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष जुद्धबहादूर रानाले जेष्ठ नागरिक र बालबालिकाबीच सीप साटासाट हुँदा आपसी माया, सम्मान र समझदारी बढ्ने बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...