अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

अभिभावकलाई अभिभावक शिक्षा, बालबालिकालाई नैतिक र आरोग्य शिक्षा

news

 
रेडियो आँधीखोला
वालिङ, ९ बैशाख । 
गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजनामा भिरकोट ८ स्थित पब्लिक एकेडेमी माध्यमिक विद्यालयमा अभिभावक शिक्षा र बालबालिकाहरुलाई नैतिक शिक्षा तथा आरोग्य शिक्षाका विभिन्न कार्यक्रमहरु सम्पन्न भएको छ ।
कार्यक्रममा भिरकोट नगरप्रमुख गोविन्द कुमार कर्मचार्यले अभिभावकहरुलाई बालबालिकाको बहुआयमिक क्षेत्रको विकास गर्नको लागि अभिभावक शिक्षा, बालबालिकाहरुको लागि नैतिक शिक्षा र आरोग्य ज्ञान र भविष्यको मार्ग कार्यक्रम अत्यन्तै महत्वपुर्ण र फलदायी साबित हुने बताउनुभयो । निवर्तमान नगरप्रमुख छायाराम खनालले  विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीको अन्तरसम्बन्धलाई थप मजबुत बनाउन यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका हुने विश्वास गर्नु भयो । 
एकीकृत सेवा कार्यालय स्याङ्जाका  प्रमुख जीवन पौडेलले बालबालिकाको उमेर अनुसारको सर्वाङ्गिण विकास र सिकाइका लागि अभिभावकको ज्ञान, सिप र सकारात्मक धारणा अभिवृद्धि गर्न कार्यक्रमले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले बालबालिकामा इमान्दार र जिम्मेबार बनाउनको साथै उनीहरुको शारीरिक र मानसिक स्वास्थ्यसँगै सकरात्मक भावना सिर्जनासँगै बालबालिकाहरुमा उनीहरुको रुची, क्षमता र लक्ष्य पहिचान गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा अभिभावक शिक्षा कार्यक्रमको राष्ट्रिय प्रशिक्षक तथा गण्डकी आवसिय माविकी शिक्षिका लक्ष्मी शर्माले विद्यार्थी, अभिभावक र शिक्षक अन्तरसम्बधका साथै अभिभाकको भुमिका लगायत बहुआयमिक विषयमा सहजिकरण गर्नुभएको थियो । उहाँले अभिभावकरुपी आमा र बाबु तथा घरका अन्य सदस्यले बालबालिकाको असल चरित्र निर्माण गर्नमा मुख्य भूमिका खेल्नुपर्ने बताउनु भयो । 
जीवन विज्ञान स्याङ्जा संयोजक राधा अर्याल पौडेलले आरोग्य ज्ञान बहुआयमिक क्षेत्र समेटेको उल्लेख गर्दै योग, ध्यान र सकारात्मक चिन्तन प्राचीन तथा वैज्ञानिक रूपमा प्रमाणित विधिहरू भएको बताउँदै जसले शरीर र मन दुवैलाई सन्तुलित राख्न सहयोग पु¥याउने, शरिरमा ऊर्जा वृद्धि गर्ने ,  मनलाई शान्त, केन्द्रित र स्थिर  बनाउन सहयोग गर्नुको साथै व्यक्तिको सोचाइ, व्यवहार र जीवनप्रतिको दृष्टिकोणमा सुधार ल्याई मानसिक सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष नन्दलाल खनाल,  विद्यालयका प्रधानाध्यापक  सरिता रोका क्षेत्री   लगायतले यस किसिमको कार्यक्रमले अभिभावक, शिक्षक र विद्यार्थीको सम्बन्ध थप मजबुत बनाउनुको साथै नैतिक शिक्षासँगै मानसिक, शारिरीक स्वास्थ्यसँगै समाजमा सकरात्मक भावन सिर्जना गर्न सहयोग गर्ने  धारणा  राख्नु भएको थियो । 
अभिभावक,शिक्षक र अन्य सरोकारवाला समेतको  सहभागिता रहेको कार्यक्रम विव्यास अध्यक्ष  चित्रबहादूर राना भुजेल अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन विद्यालयका शिक्षक नारायण प्रसाद कोइरालाले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...