अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

राम्चेवासीको वडा कार्यालय परिवर्तनको माग

 
रेडियो आँधीखोला
वालिङ, १० बैशाख । 
स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका–४, राम्चेवासीले आँफूहरुलाई पायक पर्ने वडामा गाभ्न माग गरेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वैशाख ३ गते चनं ९८ अनुसार राम्चे टोलवासीको भेलाले वडा कार्यालय परिवर्तनको माग गरेका हुन् । वडा सदस्य महेन्दप्रसाद चापागाईको नेतृत्वमा बसेको राम्चेवासीको भेलाले अहिले रहेको वडा कार्यालय सङ्घीयताको मर्म विपरीत भएकाले परिवर्तन गरेर अर्जुन चौपारी–१ वा आँधीखोला–१ मा गाभ्दा स्थानीयलाई सेवा सुविधा लिन सहज हुने भएकाले सोही अनुसार प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायमा अनुरोध गरेका छन् ।
साविक पञ्चमुल गाविस–३ राम्चे सङ्घीयतासँगै अपायक पर्ने गरी अर्जुन चौपारीमा गाभिएसँगै यहाँका नागरिकले दुःख बेहोर्नु परेको स्थानीयले गुनासो गरेका छन् । राम्चेवासीले सामान्य सेवा लिनका लागि तीन चार घण्टा यात्रा गर्नु पर्ने, यातायातको असुविधा, भौगोलिक कठिनाइका कारण वडा कार्यालय परिवर्तन गर्नु परेको बताउँदै स्थानीय समाजसेवी लोकप्रसाद चापागाईले दिनभर कुरेर काम समेत नहुने गरेको बताउनुभयो । राम्चेवासीले जस्तै स्याङ्जामा अन्य वडा र पालिकाले भने वडा कार्यालय, पालिका परिवर्तनको मागको गरेका छैनन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...