समाचार
स्याङ्जामा रक्तदान, ४१ जनाले रक्तदान गरे
वालिङ, २६ बैशाख ।
स्याङजा सहयोग समाज अन्तर्राष्ट्रिय समितिले शुक्रबार शहिदचोकमा रेडक्रश दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको रक्तदानमा ४१ जनाले रक्तदान गरेका हुन् । बेलाबेलामा अस्पतालमा रगतको कमी हुने र रेडक्रस दिवस पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष मिनबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
त्यसैगरी नेपाल रेडक्रस सोसाईटी स्याङजाका सभापति दिनेश अर्यालले संकलित रगत रक्त सञ्चार केन्द्र स्याङ्जामा राएिको बताउनुभयो । रक्तदान आयोजना गर्ने संस्था स्याङजा सहयोग समाज अन्तर्राष्ट्रिय समितिले विभिन्न देशहरुमार्फत रकम संकलन गर्दै जिल्ला भित्र सहयोग गर्दै आएको छ । ४० देशहरुमा शाखा रहेको समाजले विभिन्न कोषहरुको निर्माण गरी दिर्घरोगीहरुलाई आर्थिक सहयोग गर्दै आएको छ भने समस्यामा परेका परदेशीहरुलाई पनि आवश्यक समन्वय र सहयोग गर्दै आएको समाजले जनाएको छ ।