अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Nepal Khabar

समाचार

कामना सेवा बैंकद्धारा सामाजिक उत्तरदायित्व अन्तरगत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

news

 
रेडियो आँधीखोला
वालिङ, २६ बैशाख । 
कामना सेवा बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । बैंकले वालिङ ११ मा रहेको बालशिक्षा निकेतन आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । 
कार्यक्रममा बैंकका क्षेत्रिय प्रमुख शिवकुमार ढकालले बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न समयमा सामाजिक तथा रचनात्मक कार्यक्रम गर्दै आएको बताउनुभयो । विद्यालयमा अध्ययनरत सयजना विद्यार्थीहरुका लागी १÷१ दर्जन कपी र कलम वितरण गरिएको बैंकले जनाएको छ । 
कार्यक्रममा वडा अध्यक्ष डण्डपानी पंगेनी, निमित्त प्रधानाध्यापक सरस्वति पंगेनीले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम विद्यालयका अध्यक्ष विमल अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत शिक्षक कृष्णप्रसाद पंगेनी र संचालन शिक्षक भिम न्यौपानेले गर्नुभएको थियो । कार्यक्रममा वालिङ साखा प्रमुख पदम कुँवर, बायँटारी झलुंगेका प्रमुख लक्ष्मण तिवारीको समेत सहभागिता थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...