समाचार
सेपत सिरानचौर माध्यमिक विद्यालयको ६७ औँ वार्षिक उत्सव सम्पन्न
रेडियो आँधीखोला
वालिङ, २७ बैशाख ।
स्याङ्जाको आँधीखोला गाउँपालिकामा रहेको सेपत सिरानचौर माध्यमिक विद्यालयको ६७ औँ वार्षिक उत्सव अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । कार्यक्रममा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पुरस्कार वितरणका साथसाथै विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रमहरू, अभिभावकका कविता एवं शिक्षकका नृत्यहरू समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा आँधीखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले आजको आवश्यकता एआई मैत्री शिक्षा भन्ने विषयमा जोड दिनुभएको थियो । शिक्षकहरुले प्रविधिमा आधारित भएर शिक्षण गर्नुपर्ने कुरा उल्लेख गर्नुभएको थियो । कार्यक्रममा एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेल, वडा नम्बर ४ का वडा अध्यक्ष सिंहबहादुर क्षेत्रीलगायतले बोल्नुभएको थियो । विद्यालयको वार्षिक प्रतिवेदन विद्यालयका प्रधानाध्यापक यज्ञ कुमारी यादवले प्रस्तुत गर्नुभएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालन विद्यालयका सूचना अधिकारी शिक्षक जीवन लामिछानेले गर्नुभएको थियो ।