अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Songs & Add

समाचार

एचआईभी सम्बन्धि लाञ्छना तथा भेदभाव कम गर्न अभिमुखीकरण

news

 
रेडियो आँधीखोला
वालिङ, ३० बैशाख । 
एचआईभी सम्बन्धि लाञ्छना तथा भेदभाव कम गर्ने विषयमा सरोकारवालासंग अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाको आयोजनामा मंगलबार नगरपालिका सभाहलमा एचआईभी सम्बन्धि लाञ्छना तथा भेदभाव कम गर्न पत्रकार, जनप्रतिनिधि र सुरक्षा निकायहरुका लागि अभिमुखीकरण प्रदान गरिएको हो । कार्यक्रममा स्याङ्जामा एचआईभीको अवस्था यसलाई न्युनिकरण गर्न राज्यले अबलम्वन गरेका निति योजना र जनप्रतिनिधि, पत्रकार र सुरक्षा निकायहरुको भुमिका विषयमा सहजीकरण गरिएको थियो । 
स्याङ्जामा हाल ३४४ जना एचआईभी संक्रमितहरुले एआरटि सेवा लिईरहेका छन् । जिल्लामा एचआईभी पहिचान तथा न्युनिकरणका लागी जन्त्र नेपाल, संकल्प सहयोग समूह, चितवन सक्रिय महिला प्रतिष्ठान, सिएसजिलगायतका संस्थाहरुले काम गरिरहेका छन् । प्रदेश अस्पताल पुतलीबजारबाट १२१ जना र गह्रौँ प्राथामिक अस्पताल वालिङबाट २२३ जनाले एआरटि सेवा प्रयोग गरिहेका छन् । 
पालिकागत हेर्ने हो भने सबैभन्दा धेरै वालिङमा एआरटि प्रयोगकर्ताहरु छन् । वालिङमा ७६ जना, पुतलीबजारमा ४५, भीरकोटमा ४१, चापाकोटमा ४६, कालीगण्डकीमा २२ जना, फेँदिखोला, आँधीखोला र अर्जुनचौपारीमा ८÷८ जना, विरुवामा १३ जना हरिनासमा ४ जनाले एआरटि प्रयोग गरेको तथ्यांक छ । अन्य जिल्लाका यहाँबाट एआरटि प्रयोग गरिरहेका ३२ गरी यहाँबाट ३४४ जनाले एआरटि प्रयोग गरिरहेका छन् । एआरटि एचआईभि संक्रमितले सेवन गर्ने औषधी हो । 
यो औषधी एचआईभी भाइरसलाई नियन्त्रण गर्दै भाइरसलाई थप बढ्नबाट रोक्छ ।  जसले गर्दा प्रतिरक्षा प्रणाली बलियो बनाउँछ । एआरटिले संक्रमित व्यक्तिले स्वस्थ र सामान्य मानिस सरह लामो जीवन बाँच्न मद्दत पुग्छ । औषधिको प्रयोगले एचआईभी संक्रमणको दर पनि कम भएको छ । कार्यक्रममा वालिङ नगरउपप्रमुख कविता तिवारीले सकरात्मक वातावरणले हरेक रोगलाई कमी गर्ने भन्दै एचआईभि सक्रमितहरुलाई हुने सामाजिक लाञ्छना र भेदभाव हटाउन सबैले आ–आफ्नो ठाउँमा भुमिका खेल्नुपर्ने बताउनुभयो । 
कार्यक्रममा प्रदेश जनस्वास्थय कार्यालयका प्रमुख रामबहादुर नेपालीले सन २०२६ सम्म आईपुग्दा नेपालमा संक्रमितको संख्या घटेपनि सामाजिक लाञ्छना र भेदभावले संक्रमितलाई खुलेर जिवन जिउन भने समस्या भईरहेको बताउनुभयो । 
कार्यक्रममा जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन पृथ्वी लामिछाने, वालिङ नगरपालिका स्वास्थय साखा प्रमुख कमल पाण्डे, जनस्वास्थ्य अधिकृत सृष्टि लम्सालले सहजीकरण गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...