अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वालिङ नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

news

 
रेडियो आँधीखोला
वालिङ, ३० बैशाख । 
वालिङ नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । मंगलबार आयोजित एक कार्यक्रमकाबीच वालिङ नगरपालिकालाई पालिकाका सम्पुर्ण बालबालिकाले पूर्णखोप लगाएको सुनिश्चत भएसंगै पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो । वालिङ नगरपालिकाका १६ देखी २३ महिनासम्मका ४०६ जना बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसारका १३ प्रकारका खोप लगाएसंगै पूर्णखोप पालिका घोषणा गरिएको वालिङ नगरपालिका उपप्रमुख कविता तिवारी गैह्रेले बताउनुभयो ।
बालबालिकाको सुरक्षित र स्वस्थ भविष्यका लागि तथा सम्भावित विभिन्न किसिमका रोगबाट बच्नका लागी खोप अनिवार्य भएकाले राष्ट्रिय खोप तालिका अनुसारका सम्पुर्ण नियमित खोप सम्पुर्ण बालबालिकालाई लगाएसँगै पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको बताउनुभयो ।
बिसिजी, डिपीटी, हेपटाइटिस बी, हिब, पोलियो, पिसीभी, रोटा भाइरस, दादुरा, रुबेला, जापानी इन्सेफलाइटिस, टाइफाइड, एफआईपिभी गरी १३ प्रकारका खोप बालबालिकाले पूर्ण रुपमा पाएको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमल प्रसाद पाण्डेले बताउनुभयो । साथै उहाँले नगरपालिकाले स्वास्थ्य सेवालाई नागरिकको घरदैलोसम्म पु¥याउन र खोपको पहुँचलाई दिगो बनाउन विशेष प्राथमिकता दिँदै आएको बताउनुभयो ।
यसैबीच वालिङ नगरपालिका पूर्णखोप सुनिश्चित पालिका भएसंगै स्याङ्जाका ६ पालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा भएका हुन् । पुतलीबजार वालिङ, भीरकोट, गल्याङ, चापाकोट नगरपालिका र अर्जुनचौपारी गाउँपालिकागरी जिल्लाका ६ पालिकाले पूर्णखोप पालिका घोषणा गरेका हुन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...