समाचार
नेपाल शिक्षक संघको ३७ औं स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण
रेडियो आँधीखोला,
वालिङ ३१ जेष्ठ ।
नेपाल शिक्षक संघको ३७ औं स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण गरिएको छ । हिजो बुधबार वालिङमा रहेको गह«ौं प्राथमिक अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरिएको हो । नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति स्याङ्जाले बिरामीहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरिएको नेपाल शिक्षक संघ स्याङ्जाका अध्यक्ष पशुपति पौडेलले बताउनुभयो ।
कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मीप्रसाद रेग्मीले शैक्षिक गतिविधिसँगै नेपाल शिक्षक संघले रचनात्मक र सामाजिक क्षेत्रमा पनि समय समयमा कार्यहरु गर्दै आएको बताउँदै आगामी दिनमा पनि यसप्रकारका गतिविधिहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँण, सदस्य लेप्टेन यामबहादुर गुरुङ, लक्ष्मी माविका प्रधानाध्यापक सीता गौडेल गैह«े, महेन्द्र मावि जगतभञ्ज्याङका प्रधानाध्यापक कमलराज लम्साललगायतले अस्पतालमा उपचाररत बिरामीहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।