अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

स्याङ्जाका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

news

 
रेडियो आँधीखोला,
वालिङ ३१ जेष्ठ ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–४ का वडा अध्यक्ष शिवबहादुर थापा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी आरोपमा पक्राउ पर्नुभएको छ  । पीडितको उजुरीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले सोमबार कास्कीबाट थापालाई पक्राउ गरेको हो । ब्युरोका प्रहरी उपरीक्षक राजन लिम्बुले थापा पक्राउ परेको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रेस विज्ञप्ति मार्फत जानकारी गराउनुभएको छ । 
निर्वाचित भएपछि करिब १५ महिना वडा अध्यक्षको जिम्मेवारी सम्हालेका थापा २०८० भदौ १५ गते स्वास्थ्य उपचार गर्न भन्दै वडा सदस्य लिलावती पौडेललाई कार्यवाहक जिम्मेवारी दिएर सम्पर्क विहिन रहनुभएको थियो  । पछि उहां अमेरिका पुगेको खुलेको थियो । मानव बेचविख तथा अनुसन्धान ब्युरोका अनुसार थापाले पिडितलाई ह्वाट्सएप मार्फत चिनजान गरी ६० लाखमा दुबईबाट अमेरिका पठाईदिने भन्दै पटक पटक पैसा माग गरिएको प्रहरीले जनाएको छ । 
सन २०२४ मा दुबईबाट हवाई मार्ग हुँदै बहराईन, टर्की, ब्राजिल , पेरुबाट कोलम्बिया लगी १ वर्ष सम्म अमेरिका लैजाने आश्वासन देखाई शारिरिक तथा मानसिक यातना दिएर बन्धक बनाएको जबरजस्ती करणी समेत गरेकोे उजुरी पिडितले प्रहरी ब्युरोलाई दिएकी छन् । पिडितले थापालाई नेपाल पठाईदिन अनुरोध गरेको र नेपाल पठाउँन फेरि रकम बुझाउनुपर्ने पिडकले दबाब दिएपछि अमेरिकामा रहेका साथि मार्फत पैसा पठाएको प्रहरीलाई बयान दिएकी छन् । 
पटक पटक गरी नेपाली करिब १ करोड ४२ लाख रकम पठाएपछि पिडकले विभिन्न एजेन्ड मार्फत कोलम्बियाबाट पानामा जंगलको बाटो हुँदै मेक्सिको पुर्वी तापाचुला भन्ने बोर्डरमा पु¥याई अलपत्र पारेको  र नेपाल फिर्ता पठाईदिन अनुरोध गर्दा थप २० हजार डलर माग गरेको प्रहरीले जनाएको छ । पिडितले उक्त रकम थापालाई दिन नसकेपछि मेक्सिकोमै अलपत्र पारेको उल्लेख गरेकी छन् । 
अमेरिकामा बस्ने आफन्त संग समन्वय गरी नेपाली राजदुतावासमा सहयोग गरी बैसाख २ गते नेपाल फर्किएको पिडितले बताएकी छन् । थापालाई मानव बेचविखन तथा ओसारपासरमा मुद्धामा ब्युरोले पोखरा १७ बाट बैसाख २८ गते पक्राउ गरेको हो । उहाँलाई काठमाडौ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाईएको व्युरोले जनाएको छ ।  ब्युरोका सूचना अधिकारी लिम्बुका अनुसार उहाँविरुद्ध फोनहरु प्रहरीलाई आईरहेको छ । अन्य व्यक्तिहरु पनि उहाँबाट ठगिएको हुन सक्ने लिम्बुले बताउनुभयो । घटनाको तथ्यगत अनुसन्धान गरिने उहाँले बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...