समाचार
स्याङ्जामा कोअपरेटिभ म्यानेजर्स क्लवको प्रथम साधारण सभा सम्पन्न, १३ सदस्यीय समिति गठन
कोअपरेटिभ म्यानेजर्स क्लव, स्याङ्जाको प्रथम साधारण सभा तथा विद्यमान नियामकीय संरचना अनुसार सहकारी व्यवस्थापन सम्बन्धी अनुशिक्षण कार्यक्रम स्याङ्जाको वालिङमा सम्पन्न भएको छ।
कार्यक्रममा वालिङ नगरपालिकाका नगर प्रमुख श्री कृष्ण खाँण प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। त्यसैगरी जिल्ला सहकारी संघ लि। स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेल, जिल्ला बचत तथा ऋण सहकारी संघ लि। का अध्यक्ष लोकनाथ रेग्मी, निवर्तमान अध्यक्ष रविन्द्र श्रेष्ठ तथा सहकारी अभियन्ता श्रीमती सीता पाण्डे लगायतको आतिथ्यता रहेको थियो।
साधारण सभाले १३ सदस्यीय कार्यसमिति गठन गरेको छ। नवगठित कार्यसमितिको अध्यक्षमा शिव वाग्ले, उपाध्यक्षमा लेखबहादुर केसी, सचिवमा अच्युत पोखरेल र कोषाध्यक्षमा ध्रुव नारायण श्रेष्ठ चयन हुनुभएको छ। त्यसैगरी कार्यसमिति सदस्यहरूमा चन्द्रा ढकाल गौतम, शालिकराम पाण्डे, ओम बहादुर थापा, निम प्रसाद न्यौपाने, नमुना अर्याल, नवराज शर्मा, सुन्दर कोइराला, कृष्ण प्रसाद पंगेनी र टंकनाथ तिवारी चयन हुनुभएको छ। अध्यक्ष शिव वाग्लेले स्याङ्जाको सहकारी अभियानलाई थप सशक्त, व्यवस्थित र प्रक्रियागत एकरूपतासहित अगाडि बढाउन कोअपरेटिभ म्यानेजर्स क्लव सधैं प्रतिबद्ध रहने बताउनुभयो।