समाचार
जनप्रीय मावि भीरकोट ५ स्वरेक सिम्लेको ६५ औ वार्षिकोत्सव सम्पन्न
रेडियो आँधीखोला
वालिङ, २ जेठ ।
जनप्रीय माध्यमिक विद्यालय भीरकोट ५ स्वरेक सिम्लेको ६५ औ वार्षिकोत्सव, पुरस्कार वितरण एवम् अभिभावक दिवस कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा बोल्नुहुँदै भीरकोट नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले शिक्षक, विद्यार्थी र अभिभावकको त्रीकोणात्मक सम्बन्धले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा सघाउ पु¥याउने बताउनुभयो । साथै उहाँले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि नगरपालिका प्रतिबद्ध रहने बताउनुभयो । प्रविधिमैत्रि शिक्षा प्रणाली आजको आवश्यकता भएकाले प्रविधिमैत्री पठनपाठनमा विद्यालय लाग्न र उक्त कार्यका लागी सहयोग गर्न नगरपालिका तत्पर रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा पुर्व मेयर छायाँराम खनाल, स्वरेक कालिका आधारभुत विद्यालयका विव्यस अध्यक्ष देवि प्रसाद पौडेल, प्रअ सुनिता उच्चै, सदस्य इन्द्र प्रसाद पौडेल, पुर्व अध्यक्ष राजेन्द्र बहादुर सिं, पुर्व प्रअ जगन्नाथ अर्याल, वडा अध्यक्ष सुबेदार कृष्ण बहादुर थापा, शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र अर्याल, समाजसेवी रामकृष्ण अर्याल, विद्यार्थी बाल सन्जालका गण्डकी प्रदेश निवर्तमान अध्यक्ष तथा केन्द्रिय किशोर सन्जालका सचीव सुदिप पौडेल, विद्यार्थीको तर्फबाट गुमा सिके र आशिष रिजाल लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
विद्यालयका प्रअ राजेन्द्र कुमार खाँणले विधालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा २०८१ को एसईई परिक्षामा सतप्रतिशत विद्यार्थी उतिर्ण बनाउन सफल विषय शिक्षकलाई सम्मान गरिएको थियो ।
सम्मानित हुने शिक्षकहरुमा गणित र एच्छिक गणित शिक्षक कृष्ण प्रसाद पौडेल, नेपाली विषय शिक्षक राधिका अधिकारी, सामाजिक विषय शिक्षक खेमराज खनाल, विज्ञान विषयका कृष्ण प्रसाद अर्याल, अंग्रेजी शिक्षक टोप नारायण रेग्मी, लेखा विषय शिक्षक होमनाथ अर्याललाई सम्मान गरिएको थियो । साथै कार्यक्रमका अवसरमा वडाले समेत नगद सहित सम्मान गरेको छ । यस्तै वार्षिक परिक्षामा उतिर्ण विद्यार्थीहरुलाई समेत पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष चोलाकन्त पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको शिक्षक राधिका अधिकारीले स्वागत र पुरस्कार वितरण कार्यक्रमको खेमराज खनालले सहजिकारण गर्नुभएको थियो भने सञ्चालन विद्यार्थीद्धाय सिम्रन खाँण र सबनम पराजुलीले गर्नुभएको थियो ।