समाचार
भुम्रे माविको ९७औँ वार्शिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
रेडियो आँधीखोला
वालिङ, ४ जेठ ।
भुम्रे माध्यमिक विद्यालयको ९७औँ वार्शिकोत्सवा तथा अभिभावक दिवस सम्पन्न भएको छ । वार्शिकोत्सवको उद्दघाटन गर्दै वालिङ नगरपालिका उपप्रमख कविता तिवारीले सतप्रतिशत विद्यार्थी उर्तिण बनाउन सफल भएको भन्दै विद्यालय परिवारलाई बधाई व्यक्त गर्नुभयो । यस पटकको एसईई नतिजामा सामुदायिक विद्यालयको पनि निकै राम्रो नतिजा आएको भन्दै सबै मिलेर अगाडि बढेमा हरेक क्षेत्रमा सफलता प्राप्त गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा शिक्षा साखा अधिकृत दुर्गा कुमारी न्यौपाने, नगर शिक्षा समिति सदस्य भुपराज बगाले, विद्यालयका पुर्व अध्यक्ष तथा सल्लाकार ताराप्रसाद श्रेष्ठ, शिक्षक अभिभावक संघका सदस्य अनु कुँवर, अभिभावक तथा कार्यपालिका सदस्य हरिलाल विक सम्मानित एसईई उर्तिण विद्याथीद्धोया तोलाकुमारी एसके र रविना विकलगातले बोल्नभएको थियो । कार्यक्रममा एसईई परिक्षा उर्तिण विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तिलकप्रसाद पराजुलीले वार्शिक तथा आगामी कार्ययोजनाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसपटक विद्यालयबाट एसईई दिएका १९ जना मध्ये सबैले उतीर्ण हुन सफल भएका हुन् । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष बालकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत विद्यार्थी किन्जल भुर्तेल, संचालन शिक्षक दिपक पराजुलीले गर्नुभएको थियो । कार्यक्रममा विद्यालयमा स्थापित विभिन्न अक्षयकोषहरुबाट उत्कृष्ठ, जेहेन्द्धार तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुति राखेका थिए ।