अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

शिक्षा सुधारमा वालिङको जोड ः विद्यालयदेखि अभिभावकसम्म मासिक समन्वय हुने

news

 
वालिङ, ६ जेठ । 
स्याङ्जाको वालिङ नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर सुधारलाई केन्द्रमा राख्दै प्रधानाध्यापक बैठक तथा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा नगरभित्रका विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा एसईई तथा कक्षा ८ को परीक्षाफल विश्लेषण, स्वास्थ्य प्रवद्र्धनात्मक विद्यालय प्रमाणीकरण, हरित तथा बालमैत्री विद्यालय, विद्यालय सुधार योजना कार्यान्वयन, अभिभावक सहभागिता अभिवृद्धि, दिवा खाजा व्यवस्थापन, क्ष्भ्ःक्ष्क् पूर्णता तथा नगर शिक्षा योजनालगायतका विषयमा विस्तृत छलफल गरिएको थियो ।
त्यसैगरी अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयन, कार्यसम्पादन मूल्यांकन तथा विद्यालय व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा समेत अन्तरक्रिया गरिएको शिक्षा शाखाले जनाएको छ । कार्यक्रममा सहभागी प्रधानाध्यापकहरूले विद्यालय सुधार र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि साझा प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा नगरप्रमुख कृष्ण खाँणले विद्यालय, शिक्षक र अभिभावकबीच मासिक रूपमा बैठक सञ्चालन गरी शिक्षा क्षेत्रलाई थप प्रभावकारी र व्यवस्थित बनाइने बताउनुभयो । उहाँले सामूहिक सहकार्य र नियमित समन्वयबाट मात्रै शैक्षिक सुधार सम्भव हुने धारणा राख्नुभयो ।
उपप्रमुख कविता तिवारी गैह्रेले “एक वडा, एक आवासीय विद्यालय” अवधारणालाई अघि बढाइएको जानकारी दिँदै प्रत्येक विद्यालयमा योग अभ्यास सञ्चालन तथा विद्यालयमा एकरूपता ल्याउन गुलाबी पोशाक लागू गर्ने तयारी गरिएको बताउनुभयो । उहाँले नगरपालिकाले शिक्षा सुधारका लागि दीर्घकालीन र व्यवहारिक कार्ययोजना अघि सारेको उल्लेख गर्नुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...