अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

भीरकोट ९ मा महिलाहरुका लागि ३ दिने उद्दघोषक तालिम शुरु

news

 
रेडियो आँधीखोला
वालिङ, ८ जेठ । 
भीरकोट नगरपालिका वडा नं. ९ को आयोजनामा ३ दिने उद्दघोषक तालिम बिहीबारदेखी शुरु भएको छ । ठुलीभञ्याङमा सञ्चालित तालिमको उद्दघाटन गर्दै भीरकोट नगरपालिका निर्वतमान नगरप्रमुख छायाराम खनालले बोल्ने कलाले मानिसलाई बलियो बनाउने भन्दै यस्ता खालका तालिमहरुको संचालन आवश्यक रहेको बताउनुभयो । साथै उहाँले बोल्ने कलाले आफ्ना हक अधिकारदेखि लिएर समानता समेत प्राप्त गर्न सकिने भन्दै बोल्ने कला हरेक व्यक्तिमा हुनुपर्ने बताउनुभयो । 
वडाले आफ्ना नागरिकलाई सक्षम बनाउन बोल्ने कलाको तालिम आयोजना गरेको भन्दै तालिममा लिएका कुरालाई व्यवहारमा उर्तान आग्रह गर्नुभयो । कार्यक्रममा प्रमुख प्रशाकिय अधिकृत लक्ष्मण लम्साल, वडा सदस्य शुसिला गुरुङलगायतले बोल्नुभएको थियो । 
वडा अध्यक्ष भीमबहादुर गुरुङले स्थानीय सरकार जनताको सरकार भएकाले जनताको सानो सानो आवश्यकता पुरा गर्नको लागी वडा तत्पर रहेको भन्दै महिलाहरुलाई पनि सक्षम नेतृत्व बनाउन र राजनीतिमा महिलाको सहभागिता सुनिश्चित गर्न उद्घोक तालिमको आयोजना गरेको बताउनुभयो ।
वडा अध्यक्ष गुरुङको अअध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन स्वास्थ्यचौकी अहेब कुमारी गुरुङले गर्नुभएको थियो । रेडियो आँधीखोलाका स्टेशन म्यानेजर तोलाकान्त बगाले र समाचार वाचक आरती कुँवरले सहजिकरण गर्नुभएको तालीममा ४० जना महिलाहरुको सहभागिता रहेको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...