समाचार
सुन्तला बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
रेडियो आँधीखोला
वालिङ, ९ जेठ ।
स्याङ्जामा सुन्तला बीमा सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ स्याङ्जाको आयोजनामा आयोजित कार्यक्रमा सुन्तलाजात फलफुलको बिमा सम्बन्धी अन्र्तक्रिया गरिएको हो ।
कार्यक्रममा कृषि विकास कार्यालयका कृषि अर्थ विज्ञ नारायणप्रसाद पाठकले विभिन्न समयमा रोग किराको प्रकोपका तथा प्राकृतिक विपत्तिका कारण सुन्तलाजन्य फलफुलमा क्षति हुने र यसको प्रत्यक्ष प्रभाव कृषकलाई पर्ने भएकाले विमा कार्यक्रम निकै प्रभावकारी हुने बताउनुभयो ।
कार्यक्रममा सिखर इन्स्योरेन्स वालिङ साखाका प्रमुख शंकर सुवेदी, अजय अधिकारी, नारायण पाठक र प्रतिभा बुढाथोकीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा कृषि विकास साखा वालिङका प्राविधिक कस्तुरी अस्लामी, कृषक तुलसा भण्डारीले कार्यक्रम निकै फलदायी रहेको धारणा व्यक्त गर्नुभयो । कार्यक्रम कार्यालयका प्रमुख अजय अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन प्रतिभा बुढाथोकीले गर्नुभएको थियो ।