समाचार
भीरकोट ९ मा महिलाहरुका लागि ३ दिने उद्दघोषण तालिम सम्पन्न
रेडियो आँधीखोला
वालिङ, १० जेठ ।
भीरकोट नगरपालिका वडा नं. ९ को आयोजनामा महिलाहरुका लागि ३ दिने उद्दघोषण तालिम सम्पन्न भएको छ । ठुलीभञ्याङमा सञ्चालित तालिमको हिजो समापन गर्दै भीरकोट नगरपालिका उपप्रमुख भगवती अर्याल रेग्मीले नगरपालिकाले महिलासंग उपमेयर कार्यक्रम सञ्चालन गरिएको भन्दै आगामी दिनमा पनि महिलाको क्षमता र नेतृत्व विकास गर्ने तालिमको आयोजना गर्दै जाने बताउनुभयो ।
महिलालाई आत्मनिर्भर र उद्यमी बनाउन उद्यमशिल कार्यक्रमहरुमा नगर प्रतिबद्ध रहेको भन्दै उपप्रमुख रेग्मीले तालिममा सिकेका कुराहरु व्यवहारमा उर्तान आग्रह गर्नुभयो । साथै उहाँले ३ दिनको तालिम प्रर्याप्त नभएको भन्दै निरन्तरको अभ्यासले मानिसलाई पुर्ण बनाउने बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य पार्वती केसी, प्रमुख प्रशिक्षक तोलाकान्त बगाले, सहभागि शान्ती गुरुङ र विष्णुमाया सार्कीलगायतले बोल्नुभएको थियो । कार्यक्रम वडा अध्यक्ष भीमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सिर्कोट स्वास्थ्य चौकी अहेब कुमारी गुरुङ र स्वागत कार्यपालिका सदस्य खैसरा विकले गर्नुभएको थियो । ४० जनाको सहभागिता रहेको तालिममा रेडियो आँधीखोलाका स्टेशन म्यानेजर तोलाकान्त बगाले र समाचार वाचक आरती कुँवरले सहजिकरण गर्नुभएको थियो ।