अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

आउँदो आर्थिक वर्षको बजेट लेखन अन्तिम चरणमा

news

 

जेठ १३, सरोकारवाला निकायको सुझावलाई समेत समेटेर अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्षको बजेट लेखनलाई अन्तिम चरणमा पुर्‍याएको छ । 

सङ्घीय संसद्का दुवै सदनमा सांसदहरूले दिएका सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावमा गरेको वाचापत्र, सरकारको सुशासनको मार्गचित्रलगायतका विषयलाई केन्द्रमा राखेर बजेट लेखन कार्य भइरहेको हो । पर्सि जेठ १५ गते गणतन्त्र दिवसको दिन सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुनेछ । नयाँ संविधान जारी भएपछि हरेक वर्ष जेठ १५ गते नै बजेट प्रस्तुत हुँदै आएको छ । 

पछिल्ला केही दिनदेखि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहानदेखि मध्यरातसम्म बजेट लेखनलाई अन्तिम रूप दिन लागिपरेको उहाँका स्वकीय सचिव नवीन ढुङ्गानाले जानकारी दिनुभयो । सङ्घीय संसद्ले सांसदहरूले विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त माथिको छलफलमा क्रममा दिएका सुझावलाई पनि लिपिबद्ध गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थ मन्त्रालयलाई उपलब्ध गराएको छ । 

अर्थमन्त्री डा. वाग्लेले पूर्वअर्थमन्त्री, अर्थविद्हरू, विभिन्न सङ्घ-महासङ्घका प्रतिनिधिसँग पनि बजेटका बारेमा छलफल गरिसक्नुभएको छ । कानुनी सुधार, संस्थागत उत्तरदायित्व, समय सीमा, डिजिटल ट्र्याकिङ, प्रत्यक्ष अनुगमन र परिणाम मापनलाई राज्य सञ्चालनको केन्द्रमा राखिएको अर्थमन्त्रीले बताउँदै आउनुभएको छ । झन्डै दुई तिहाइ मत प्राप्त सरकारले प्रस्तुत गर्न लागेको बजेटलाई अत्यन्तै महत्त्वका साथ हेरिएको छ । 

सिंहदरबारको नवनिर्मित सङ्घीय संसद् भवनमा अर्थमन्त्री डा. वाग्लेले बजेट प्रस्तुत गर्नुहुनेछ । सङ्घीय संसद् सचिवालयका अनुसार बजेट प्रस्तुत गरिने भवनको निर्माण सम्पन्न भएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...