अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

भीमटारी सामुदायिक सिकाई केन्द्रद्धारा लागूऔषध दुव्र्यसन न्युनिकरण प्रशिक्षण

 
वालिङ, १४ जेठ । 
भीमटारी सामुदायिक सिकाई केन्द्र वालिङको आयोजनामा लागूऔषध दुव्र्यसन न्युनिकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम वालिङ ६ स्थित राष्ट्रिय माविमा सम्पन्न भएको छ । सुसंस्कृत समाज निर्माणमा हाम्रो अभियान भन्ने नाराका साथ सिकाई केन्द्रले कक्षा ११ र १२ का विद्यार्थीहरुलाई प्रशिक्षण तथा ३ कक्षा सम्मका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण कार्यक्रम गरेको केन्द्रका अध्यक्ष नेत्रनारायण रेग्मीले बताउनुभयो । 
कार्यक्रमको उद्दघाटन गर्दै वालिङ नगरउपप्रमुख कविता तिवारी गैह्रेले लागू औषध दुव्र्यसनीले समाज तथा परिवारका साथै व्यक्तिलाई पनि शारिरिक रुपमा नकरात्मक असर गरिरहेको बताउनुभयो । लागु औषधको प्रयोग कानुनि रुपमा अवैध रहेको भन्दै यसको प्रयोगले आफ्नो शारिरिक र मानसिकसंगै परिवार र समाजलाई पनि नकरात्मक प्रभाव पार्ने उहाँले बताउनुभयो । 
विद्यालय तहदेखि नै लागूऔषध दुव्र्यसनीका विषयमा जानकार भएमा भोली यस्ता लतमा फस्नबाट जोगिने र सुसंस्कृत समाज निर्माण हुने भएकाले नगरपालिका तथा प्रहरीहरुले विभिन्न संघसंस्थाहरुसंग सहकार्य गरेर कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो । कार्यक्रममा वडा नं. ६ का अध्यक्ष श्यामकृष्ण श्रेष्ठ, वडा सदस्यहरु नन्दुराज अर्याल, तिलकुमारी थापा, वडा नं. ८ का सदस्य चोलाकान्त अर्याल, विद्यालयका प्रधानाध्यापक छविलाल अर्याैललगायतले बोल्नुभएको थियो । 
कार्यक्रम सिकाई केन्द्रका अध्ष नेत्रनारायण रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत विमला अर्याल र संचालन सचिव शिवप्रसाद अर्यालले गर्नुभएको थियो । कार्यक्रममा वडा प्रहरी कार्यालय वालिङका अपराध अनुसन्धान साखाका प्रहरी सहायक निरिक्षक हरिप्रसाद काफ्लेले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा शिशु कक्षा देखि ३ सम्म अध्ययन गर्ने ५० जना विद्यार्थीहरुलाई स्टेशनरी सामान वितरण गरिएको थियो भने विद्यार्थीहरुलाई खाजा समेत खुवाईएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...