अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

आज बकर इद मनाइँदै, आजदेखि चार दिनसम्म सार्वजनिक बिदा

news

 

  जेठ १४, २०८३ मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाउँदै छ । 

इदुल फित्र अर्थात् रमजान पर्वको ७९औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने परम्परा छ । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गरिन्छ । 

यस अवसरमा दरबारमार्गमा रहेको नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवतअनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो ।

यो पर्व पर्सि शनिबारसम्म मनाइन्छ । बकर इदको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । भोलि गणतन्त्र दिवस तथा त्यसपछि शनिबार र आइतबार भएकाले आजदेखि लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...