अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

गणतन्त्र दिवसका अवसरमा सरसफाई

news

 
रेडियो आँधीखोला
वालिङ, १६ जेठ । 
गणतन्त्र दिवसका अवसरमा सरसफाई कार्यक्रम गरिएको छ । सन्त निरंकारी मण्डल बयरघारी साखाको आयोजनामा बृहत सरसफाई तथा डेंगु जनचेतना कार्यक्रम गरिएको हो । कृष्णबहादुर थापाको नतृत्वमा उद्योग वाणिज्य संघ, पार्टी प्रतिनिधि, समाजसेवीहरुको सहभागितामा सरसफाई तथा डेंगु रोग सम्बन्धी जनचेतना फैलाउने कार्यक्रम गरिएको हो ।
भीरकोट २ को दहथुम देखि भीरकोट १ को प्रगतिटोल सम्म सिद्धार्थ राजमार्ग वरपर सफाई गरिएको सफाईमा सहभागि नेपाली कांगे्रसका नगर सभापति यामप्रसाद अधिकारीले बताउनुभयो । 
डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ ।
यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यस्ले फुल पार्दछ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्तमात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिएको छ । डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीब्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...