अहिले तरंगमा

केहि छिनमा

समाचार

वालिङ नगरपालिका व्यापि कविता वाचन तथा चित्रकला प्रतियोगिता सम्पन्न

news

 
वालिङ, १६ जेठ । 
स्याङ्जाको वालिङमा नगरपालिका व्यापि कविता वाचन तथा चित्रकला प्रतियोगिता गरिएको छ । गणतन्त्र दिवसका अवसरमा वालिङ नगरपालिकाको आयोजना र भेषजराज साहित्य प्रतिष्ठान स्याङ्जाको समन्वयमा विद्यालय स्तरीय (कक्षा १० सम्म) कविता वाचन तथा चित्रकला प्रतियोगिता गरिएको हो ।
 
कविता वाचन प्रतियोगितामा साइनभिलेज इन्टरनेशलनल एकेडेमी वालिङका सूचना पराजुलीले प्रथम स्थान भएकि छन् । प्रथम स्थान हासिल गरेसँगै पराजुलीले नगद रु.५ हजार र प्रमाणपत्र प्राप्त गरेकि छन् । यसैगरी अर्मादी माविकि नेन्सी आले द्वितीय भएकी छन् भने सरस्वती माविका शङ्कर न्यौपाने तृतीय भए । यसैगरी जनसेवा माविका आशिका कनौजे र उपल्लो पेखु माविका समृद्धि पौडेल सान्त्वना भएका छन् । योसँगै द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः नगद रु ३ हजार, २ हजार र १÷१ हजार सहित प्रमाणपत्रले पुरस्कृत भएका छन् ।
 
यसैगरी चित्रकला प्रतियोगितामा पायोनिअज माविका विश्व राना प्रथम भएका छन् । पिसजोन इन्टिग्रेटेड एजुकेशनल एकेडेमीका सुमिन श्रेष्ठ भए । साइनभिलेजका शुष्मा सारु तृतीय हुँदा भूम्रे माविका सागर परियार र जनसेवा माविका सुजन डुम्रे सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेहरु क्रमशः नगद रु.५ हजार, ३ हजार, २ हजार र १÷१ हजार सहित प्रमाणपत्रले पुरस्कृत भएका छन् ।
 
कार्यक्रममा पुरस्कार वितरण गर्दै वालिङ नगरपालिका उप प्रमुख कविता तिवारी गैह्रेले गणतन्त्र दिवस अवसरमा आयोजित कार्यक्रमले विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । यसका साथै उप प्रमुख गैह्रेले आफूलाई पढाएका गुरुको स्मरणमा यति राम्रो कार्यक्रम गर्न पाएकोमा आँफूलाई भाग्यमानी ठानेको भन्दै कार्यक्रमको समन्वय गरेको भेषजराज साहित्य प्रतिष्ठान प्रति आभार व्यक्त गर्नुभयो् । 
 
प्रतियोगिता कार्यक्रममा कविता वाचन प्रतियोगिता तर्फ विभिन्न विद्यालयका गरी १५ जनाको सहभागिता रहेको थियो भने चित्रकला प्रतियोगितामा १३ जना सहभागी भएका थिए । कार्यक्रममा पूर्णामृत भवानी माविका प्रधानाध्यापक दिपक लम्सालले धन्यवाद मन्तव्य व्यक्त गर्दै नगरपालिकाले विद्यार्थी मैत्री कार्यक्रम आयोजना गरेर सराहनीय कार्य गरेको बताउनुभयो । 
 
शैक्षिक उन्नतिका लागि नगरपालिकाको अभिभावकीय भूमिकाको साथमा शिक्षकहरुको लगाव  पनि उत्तिकै रहनुपर्ने उनको भनाई छ । विद्यार्थीहरुको अन्तरनीहित प्रतिभा प्रस्फुटनमा टेवा पु¥याउने उद्देश्यले नगरपालिकाले गतवर्षदेखि कविता वाचन तथा चित्रकला प्रतियोगिता सञ्चालनमा ल्याएको हो । प्रतियोगितामा सहभागी विद्यार्थीहरुले आ–आफ्नो रुची अनुसार कविता वाचनसँगै साहित्य सिर्जना एवम् चित्रकलाका क्षेत्रमा विकास गर्न मद्दत पुग्ने नगरपालिकाले विश्वास लिएको छ ।
 
कार्यक्रमको समन्वय गरेको प्रतिष्ठानले यस अवसरमा आफ्नो मासिक नियमित रचनावाचनको ९७ औं शृङ्खला समेत  समावेस गरेको थियो । झण्डै डेढ दर्जन जनाले आ–आफ्ना सिर्जना वाचन गरेका थिए । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सचिव श्यामप्रसाद ढुंगानाले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...